ढुकुटी खेल्ने खेलाउनेलाई नौ वर्षसम्म कैद प्रस्ताव
काठमाडौ, बैशाख ९ । ढुकुटी खेलाउनुलाई नेपाल कानुनले पहिलोपटक बैंकिङ कसुरमा परिभाषित गरेको छ । प्रस्तावित विधेयकले सहकारी र ढुकुटीलाई पनि समेटेको छ ।
प्रस्तावित विधेयकको दफा १४ (क) मा ढुकुटीलाई बैंकिङ कसुर मानिएको छ । ढुकुटीलाई बैंकिङ कसुरअन्तर्गत राखिएको यो पहिलोपटक हो । यसअघि ढुकुटी कारोबारमा पक्राउ परेका अभियुक्तलाई ठगी सार्वजनिक अपराध मुद्दा चलाउने गरिएको थियो ।
प्रस्तावित व्यवस्थामा साविकको ऐनको दफा २ मा ढुकुटी कारोबार प्रस्तावित गरिएको छ । प्रस्तावित व्यवस्थाअनुसार कारोबार रकमका आधारमा कैद सजाय निर्धारण हुनेछ ।
सरकारले बैंकिङ कसुरको अभियोग प्रमाणित भए १० वर्षसम्म कैद सजाय हुनेगरी बैंकिङ कसुर तथा सजाय ऐन संशोधन प्रस्ताव गरेको छ ।