Header Ads

१७ करोड बराबरको लागु औषध सहित बिदेशी महिला पक्राउ

काठमाडौं । काठमाडौं बाट दोहा हुँदै ईटालीको रोम लैजान लागेको अवस्थामा लागू औषध नियन्त्रण व्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट मलेसियन नागरिक ३६ बर्षीया मरिना बिन्ति लाई ११ के.जी. लागू औषध कोकिन सहित हिजो साँझ पक्राउ गरेको छ । उक्त लागूऔषध कोकिन अन्तर्राष्ट्रिय बजारमा प्रति के.जी. करीव डेढ करोड रुपैयाँमा कारोवार हुने बताइएको छ ।

 काठमाडौँबाट दोहा जानेक्रममा उनलाई ५ वटा ल्यापटप ब्यागमा लुकाई छिपाई ल्याएको अवस्थामा प्रहरीले उक्त परिमाणको कोकिन फेला पारेको हो । प्रहरीले सोधपुछ गर्दा ल्यापटप नै हो भनेको तर एक्सरे स्क्रिनिङ गर्नेक्रममा शंका लागि चेकजाँच गर्दा ५ वटै ब्यागमा ल्यापटप जस्तै बनाएर राखेको अवस्थामा लागूऔषध फेला परेको थियो ।

 यस अघि पनि लागू औषध बोकेर मलेशिया, दिल्ली हुँदै रोमतर्फ लाने गरेकी जमालुद्धिनले पहिलो पटक नेपालको बाटो प्रयोग गरेकी बताइएको छ । उनले ब्राजिलबाट दोहा, दोहाबाट काठमाडौँ हुँदै इटालीको रोम पुर्याउन लागि उक्त कोकिन ल्याएको खुलाएकी छन् । जमालुद्धिन १५ मार्चमा मलेसियाबाट ब्राजिल र २८ मार्चमा दोहा हुँदै काठमाडौँ उडेकी थिइन् ।

यसअघि पनि आफुले मलेसियाबाट भारतको दिल्ली हुँदै धेरै पटक लागूऔषधको ओसारपसार गरे पनि नेपालको बाटो पहिलो पटक प्रयोग गरेको बताएकी छन् । लागूऔषध कोकिन दिने व्यक्तिले सुरक्षाको कारण आफूलाई नेपालको बाटो प्रयोग गर्न लगाएको बताएकी छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा ब्राजिलबाट लागू औषध लिई उडदा १ हजार डलर पाएको र गन्तव्यमा पुर्याएपछि थप ५ हजार डलर पाउने उनले बताएकी छन् । काठमाडौं लाजिम्पाटको एक अपार्टमेन्टमा बस्ने ती महिलाको नेपालमा कुनै लागूऔषध कारोवारीसँग सम्बन्ध नभएको प्रहरीले जनाएको छ ।-न्युजअभियान बाट साभार !
Powered by Blogger.