Header Ads

प्रहरीले नै १५ र १७ बर्षीया किशोरीलाई यसरी बलात्कार गरेपछि

काठमाडौं, चैत २९ । पनौतीको सडकमा हिडिरहेका दुई किशोरीमाथि प्रहरीले बलात्कार गरेको खुलासा भएको छ । सिविन बालिका शान्तीगृहबाट भागेका १५ र १७ बर्षीया किशोरीलाई पनौती बसपार्कको प्रहरी बिट छेउमा प्रहरी हवल्दार शम्भु राउत अहिर र प्रहरी जवान श्रीराम साहले बलत्कार गरेका हुन् । काभ्रे प्रहरीले हवल्दार राउत र जवान साहलाई शुक्रबार पक्राउ गरी हिरासतमा राखेको छ ।

काभ्रे प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) पूजा सिंहले आइतबार जबरजस्ती करणी मुद्दामा म्याद थप पश्चात अनुसन्धान गरिने बताइन् । गत चैत २५ गते राती प्रहरी साढे १० बजे राति सिविनको शान्ति गृहबाट तीन किशोरी भागेका थिए । उनीहरु भाग्दै पनौती बसपार्क पुगे । सडकमा लठ्ठी बोकेर बसेका प्रहरीले तीन किशोरीलाई रोकेर सोधपुछ गर्न थाले । उनीहरुले किशोरीलाई पक्राउ गरेर प्रहरी चौकी लैजाने भन्दै धम्क्याएको स्रोतले बतायो ।

स्रोतका अनुसार यौनसम्पर्क राख्न दिने भए नपक्रिने भन्दै प्रहरीले ति किशोरीलाई धम्क्याएका थिए । ‘बालिकाले जे सुकै गर्नु तर प्रहरी चौकी नलैजानु भनेका थिए’ एक प्रहरी अधिकारीले भने ‘तीनमध्ये एक जनालाई छाडेर बाँकी दुई जनालाई बलात्कार गरेछन् ।’ भागेकी अर्की किशोरी सडक किनारमा उभ्याइएकी थिईन् । यस्ता सुधार गृहमा आमा बाबु नभएका, असहाया र हिंसामा परेको स्थलबाट उद्धार गरिएका किशोरी र बालिका राखिन्छ । काभ्रे प्रहरीका अनुसार उनीहरुले दुई किशोरीलाई बसपार्क छेउको खाली र सुनसान चौरमा लगेर बलात्कार गरेपछि छाडिदिएका थिए ।

आधारातमा त्यहाँबाट निस्किएका किशोरीहरु काठमाडौं आईपुगे । यता आफ्नो शान्तीगृहबाट हराएका किशोरीहरु सीवीनले खोजी गरिरहेको थियो । शुक्रबार बिहान ति किशोरी ठमेलमा फेला परेका थिए । ठमेलबाट उनीहरुलाई सीवीनले लिएर गएको थियो । उनीहरुसंगको सोधपुछका क्रममा भागेकै दिन प्रहरीले बलात्कार गरेको रहस्य खुलेको थियो । सीवीनले महिला बालबालिका सेवा केन्द्र कालिमाटीमा ति किशोरीलाई लिएर गई अनुसन्धानको माग गरेको थियो । काभ्रे प्रहरीमा खबर गरेपछि त्यहाँका प्रहरी नायब उपरिक्षक राजकुमार केसीको संयोजनमा छानबीन समिती गठन गरियो ।

प्रारम्भिक छानबीनबाट प्रहरी दोषी देखिएपछि निलम्बन गरेर कारबाही सुरु गरिएको एसपी सिंहले बताइन् । स्रोतका अुनसार किशोरीहरुले प्रहरी नै हुन् या होईनन् यकिन नगरी हातमा लठ्ठी बोकेका ब्यक्तिले बलात्कार गरेको बताएका थिए । क्षेत्रिय प्रहरी कार्यालय हेटौंडाका प्रमुख नायब महानिरीक्षक -डीआईजी) देबेन्द्र सुवेदीले दुई जना प्रहरीले अत्यन्तै निन्दनिय अपराध गरेको बताए । ‘अत्यन्तै लज्जास्पद घृणित अपराध हो, रक्षक नै भक्षक भएकोमा पिडा बोध भएको छ’ उनले भने ‘दोषीलाई कडा कारबाही गरी यस्ता घटना दोहोरीन नदिन कोसिस गर्नेछौं ।’

उनले आरोपीद्धयलाई जबरजस्ती करणीका साथै प्रहरी सेवा ऐन अनुसार समेत कारबाही गरिने बताए । पर्सा घर भएका हवल्दार २०५४ सालमा प्रहरीमा भर्ना भएका थिए । रौतहट घर भएका साह २०६४ मा प्रहरीमा भर्ना भएका थिए । मुलुकी ऐन जबरजस्ती करणीको महल अनुसार १४ बर्षदेखि माथी १६ बर्षभन्दा कम उमेरका किशोरीलाई बलत्कार गरेमा ६ बर्ष देखी १० बर्षसम्मको कैद सजाय तोकिएको छ । १६ बर्षभन्दा माथी २० भन्दा कम उमेरकी युवतीलाई बलत्कार गरे ५ बर्षदेखी ८ बर्षसम्म कैद सजाय तोकिएको छ ।
Powered by Blogger.