Header Ads

घुस लिँदालिँदै नापी सर्वेक्षक रंगेहात पक्राउ

सुर्खेत, वैशाख ६ । बाँकेमा आज एक नापी सर्वेक्षक घुस लिँदालिँदै पक्राउ परेका छन् ।

नापी कार्यालय बाँकेमा कार्यरत नापी सर्वेक्षक देवेन्द्रप्रसाद कुम्हारलाई कार्यालय हाताबाटै रु १० हजार घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

नापी सर्वेक्षक कुम्हारले जग्गाको हाल साविक कित्ताकाट गरिदिन सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ गरिएको आयोगको क्षेत्रीय कार्यालय सुर्खेतका प्रवक्ता जङ्गबहादुर डाँगीले बताउनुभयो ।

Powered by Blogger.