Header Ads

टिप्स : अश्लील चलचित्र हेरिसकेपछि किन अण्डकोष दुख्छ ?

यौन उत्तेजना कसरी हुन्छ ? यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ । 

यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त endocrine system (इन्डोक्राइन सिस्टम) अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले पनि । 

यौनेच्छा जागेका बेला (विकसित हुने) वा त्यसको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ । टेस्टेस्टेरोन नामको हार्मोनले यौनेच्छा वा यौन व्यग्रतालाई प्रभाव पारेको हुन्छ । महिलामा पनि यो हार्मोनकै कारण यौन व्यग्रता जागृत हुन्छ । टेस्टस्टेरोनको कमी भएको अवस्थामा यौनेच्छा वा यौन व्यग्रता हुँदैन । अन्य शारीरिकक्रिया जस्तै यौनक्रियाका लागि पनि हाम्रा इन्दि्रयहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू नभैनहुने कुरा हुन् । हाम्रो शरीरलेे कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्दि्रकता हो । यो हाम्रो शरीरको पाँच इन्दि्रय : दृष्टि, स्पर्श, ध्वनि, गन्ध तथा स्वादसँग सम्बन्धित छ ।

 शरीरका कतिपय यौन संवेदनशील अङ्ग वा क्षेत्र स्पर्श गर्दा यौन उत्तेजना वा आनन्द प्राप्त हुन्छ र उक्त आनन्द प्राप्त गर्न व्यक्ति जहिले पनि लालायित रहन्छ । गहिरिएर विचार गर्ने हो भने यौनसम्पर्क एक विशेष स्पर्श नै हो । त्यसैगरी दृष्टिको पनि यौन उत्तेजनामा निकै ठूलो महत्त्व छ । स्पर्शपछि सम्भवत: सबैभन्दा ठूलो स्थान यसैको छ । सबैजसो व्यक्ति यौनदृश्यबाट उत्तेजित हुन्छन् । गन्धको पनि मानव यौनजीवनमा निकै महत्त्व हुन्छ । सुगन्ध र अत्तरको प्रयोग गर्नुका पछाडि चेतन वा अचेतन स्थितिमा यौन नै रहेको पाइन्छ ।

 स्वादको प्रत्यक्ष सम्बन्ध र महत्व भने केही कम भएको मानिन्छ, तर मुखमैथुनमा संलग्न हुनेहरूका लागि यो निकै महत्वपूर्ण सावित हुनसक्छ । चुम्बन एक हदसम्म स्वादसँग सम्बन्धित हुन्छ । आवाज वा ध्वनिले पनि निकै महत्वपूर्ण भूमिका खेल्छ यौनजीवनमा । सञ्चार गर्न प्रत्यक्ष प्रेमालाप होस् वा अपरोक्ष ध्वनिले भूमिका खेल्छ अनि त्यसमा गीत-संगीत कुरा पनि छन् । इन्दि्रयहरूवाट ग्रहण गरिएका सन्देशहरू मस्तिष्कसम्म पुगे पछि चेतन रूपमा हामीले उक्त कुरा थाहा पाउँछौं । 

विभिन्न अङ्ग (स्रोत) बाट सन्देशहरू स्नायु प्रणालीका नसाहरूबाट विद्युतीय तरंग वा रसायनहरूको माध्यमवाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौं । यौन उत्तेजना हुने किसिमका सन्देशहरू प्राप्त भए हामीमा यौन उत्तेजना बढ्छ । व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुराचाहिँ फरक-फरक हुन सक्छ । के यौन उत्तेजनापछि अण्डकोष दुख्छ ? यौन चलचित्र हेर्दा तपाईंको दृष्टि अनि त्यसैसँग जोडिएर आउने यौन परिकल्पनाका साथै यौनाङ्गको स्पर्शजस्ता कुराले यौन उत्तेजना हुन्छ । 

यौन उत्तेजनापछि स्खलित नहुँदा पनि अण्डकोषमा पीडा भएको महसुस हुन्छ । यौन उत्तेजित हुँदा हाम्रा यौन अङ्ग तथा त्यस वरिपरिको भागमा रक्त प्रवाह बढी हुन्छ । तपाईंलाई थाहै होला, लिङ्गको उत्तेजना पनि लिङ्गको विशेष तन्तुमा रगत भरिएका कारणले नै हुन्छ । लामो समयसम्म यौन उत्तेजना हुँदा वा यौन उत्तेजित अवस्थामा लामो समयसम्म बस्नुपर्दा अण्डकोष तथा प्रोस्टेट ग्रन्थिमा बढी रक्त प्रवाहका कारण तरल पदार्थ (lymphatic fluid) जम्मा हुन पुग्छ । यसले गर्दा केही मात्रामा यी अङ्गहरू सुन्निन सक्छन् फलस्वरूप अण्डकोष वा यौनाङ्ग क्षेत्रमा केही पीडा भएको वा असजिलो वा भारीपन अनुभव हुन्छ । अनौपचारिक बोलीचालीको अंग्रेजी भाषामा यसलाई दगिभ दबििक भनिन्छ । 

लामो समयसम्म बढी रक्त प्रवाह भएर त्यहीँ रहँदा त्यसमा अक्सिजन -प्राणवायु) को मात्रा कम हुन्छ फलस्वरूप यो केही गाढा रंगको हुन पुग्छ, त्यसैले यसलाई blue balls भनिएको हो । यस्तो स्थिति आउन नदिने एक प्रमुख उपाय वीर्य स्खलनको स्थितिमा पुग्नु हो । कहिलेकाहीं यौनसम्पर्कको माध्यमवाट उक्त स्थितिमा पुग्न नसकिए हस्तमैथुनको सहारा लिन सकिन्छ । केही पीडा वा असजिलो भए पनि सामान्यत: यसको कुनै दीर्घकालिन नकारात्मक असर भने  हुँदैन । यस्तो पीडा वा असजिलो अस्थायी हुन्छ र एक-दुई घण्टामा स्वत: कम भएर जान्छ । कहिलेकाहीं भने पीडा कम हुन केही बढी समय पनि लाग्न सक्छ, तर पनि यसलाई कम गर्न केही उपाय अपनाउन सकिन्छ । 

यौन चलचित्र हेर्नेबाहेक यौनसाथीको चाहना वा आपसी सहमतिमा निकै लामो समयसम्म वीर्य स्खलन नै नगरी उत्तेजित अवस्था रहने अवस्था पनि आउँछ र blue balls को स्थिति उत्पन्न हुन सक्छ । यौन क्रियाकलापको बीचबीचमा अण्डकोषको हल्का मालिस गरे पीडा वा असजिलो कम गर्न मद्दत पुग्छ । त्यसैगरी उत्तानो परेर सुत्ने वा सास रोकेर कन्ने (ताकि छातीभित्रको दबाब बढी होस्) कुराले पनि फाइदा हुन्छ । अण्डकोष वा यौनाङ्ग क्षेत्रलाई केही चिसो पार्न सकिए पनि फाइदा हुनसक्छ । 

यसो गर्दा रक्तनसा खुम्चने हुँदा अण्डकोषमा रगतको बहाव कम हुने र लसिका रस बाहिरिन जान मद्दत मिल्छ, जसले सुन्निएको कम गर्न मद्दत पुर्‍याउँछ । हल्का कसरत जस्तैहिँड्ने वा सिँढी चढ्ने कुराले पनि फाइदा हुने बताइएको छ । यो खासै कुनै रोग होइन भन्ने कुरा त बुझिसक्नुभयो होला नै, तर अति नै पीडा भए चिकित्सकको सहयोग लिनुपर्छ । साप्ताहिकबाट
Powered by Blogger.