यो वर्षकी मिस नेपाल इभाना मानन्धर - फोटो फिचर
काठमाडौै । इभाना मानन्धर यो वर्षकी मिस नेपाल बन्न सफल भएकी छन् । न्यूरोडको भोटेबाहल निबासी उनी केही समयअघि मात्र अमेरिकाबाट नेपाल फर्केकी थिइन् ।
उनलाई यसअघिकी मिस नेपाल सुबिन लिम्बूले मिस नेपालको ताज लगाइदिइन् । यो वर्षको मिस नेपाल प्रतियोगिताकी फस्ट रनरअप दिव्यता वैद्य बन्न सफल भइन् । मिस नेपाल २०१५ की सेकेन्ड रनरअप मेघा कोइराला भइन् ।
द हिडेन ट्रेजरको आयोजनामा होटल अन्नपूर्णमा भएको मिस नेपालको २० औं संस्करणको फाइनलका निर्णायक शंकर शर्माले सोधेको प्रश्नको उत्कृष्ट उत्तर दिँदै उनले मिस नेपालको उपाधि जितेकी हुन् । निर्णायक शर्माले अबको १५ वर्षमा तपाईं आफूलाई कस्तो अवस्थामा देख्नुहुनेछ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएपछि उनको शिरमा मिस नेपालको ताज सजिएको हो ।
द हिडन ट्रेजरले गरेको मिस नेपालको २० औं संकरणमा विजेता भएपछि इभाना मानन्धर मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुने भएकी छन् । यो संस्करणको मिस नेपालमा फस्ट रनरअप दिब्यता वैद्यले मिस फोटोजेनिकको उपाधि जितिन् । मिस नेपाल इभाना मानन्धरले मिस इन्टेलेक्च्युलको उपाधि जितिन् । त्यसैगरी मिस पर्सानालिटी इभाना मानन्धर नै बनिन् ।

ब्यूटी विथ पर्पजको उपाधि रेविका क्षेत्रीले जित्न सफल भइन् । मिस ट्यालेन्ट विधाको उपाधि पूजा श्रेष्ठले जितिन् । गस गर्लतर्फको उपाधि इभाना मानन्धरकै पोल्टामा गयो । त्यसैगरी मिस बब्ली निस्मा चौधरी बन्न सफल भइन् । मिस स्कुलर अफ दि इयरको उपाधि सुदिपा पाठकले जितिन् ।
त्यसैगरी मिस कप्लेक्सनको उपाधि निस्मा चौधरीको पोल्टामा गयो भने मिस पपलुरको उपाधि नुनिड लिम्बूले जित्न सफल भइन् । मिस फ्रेन्डसिप विधाको उपाधि सोनु थापा मगरको पोल्टामा गयो । - फोटो :हिडेन ट्रेजर