Header Ads

एमाओवादी नेताले प्रहरीलाइ धम्कि दिए पछी…बन्दमा सहयोग गरे बढुवा हुने.. नत्र जागिर खाइदिने..

काठमान्डौ । अर्थमन्त्रि समेत भैसकेका एमाओवादी नेता वर्षमान पुन अन्नतले आफुहरुको बन्दमा सहयोग गरेमा आफुहरु सरकारमा गएपछि सरुवा बढुवामा सहयोग गर्ने तर कडा रुपमा प्रस्तुत हुने प्रहरीलाई आफु मन्त्रि भए पछि जागिर खाइदिने धम्की दिएका छन् ।

बिजुलीबजारमा प्रहरी र बन्दकर्ताहरुबीच घम्साघम्सी भएपछि प्रहरी अधिकारीहरुलाई नेता पुनले यसरि धम्काएक हुन् । उनको कुरा सुनेर प्रहरी अधिकारीहरु भने हासेका थिए । बिजुलीबजारमा प्रहरीको गाडिमाथि आक्रमण भएपछि प्रहरी पनि आक्रामक रुपमा प्रस्तुत भएको थियो ।

 त्यहीक्रममा दुवै पक्षका केही व्यक्तिहरु घाइते भएका थिए । उता बिजुलीबजारमा प्रहरीले गोली चलाएको भन्दै एमाओवादी नेता डा.बाबुराम भट्टराईको भनाईलाई प्रहरीले खण्डन गरेको छ । मंगलबारको बन्दमा उपत्यकामा कतैपनि गोली नचलेको प्रहरीले जनाएको छ । नेता भट्टराईले फेसबुक र ट्वीटरमा ‘काठमाडौंको बिजुलीबजारमा अत्याधिक बल प्रयोग गर्दै गोली प्रहार गर्दा बिद्यार्थीहरु राम प्रसाद खनाल, राम कार्की लगायतलाई टाउकामा चोट’ भन्दै लेखेका थिए ।

 तर आफुहरुले अश्रुग्यास मात्र प्रयोग गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तक कार्कीले बताएका छन् । दिउसो प्रदर्शनकारी र प्रहरीबीच बिजुलीबजारमा झडप भएको थियो ।

प्रहरीको गाडिमाथि एमाओवादी कार्यकर्ता जाइलाग्दै ढुङगा हान्न थालेपछि झडप भएको थियो । जस क्रममा केही बन्दकर्ता र प्रहरी घाइते भएका थिए ।
Powered by Blogger.