Header Ads

अभिनेत्री गरिमाको एनआरएनसँग प्रेम रहेको खुलासा

काठमाडौं । अभिनेत्री गरिमा पन्तले आफ्नो प्रेमलाई लुकाउन खोजेपनि त्यो लुकेन । मिडियामा लामो समयदेखि आफ्नो प्रेमलाई लुकाउँदै आएकी गरिमाले यसलाई गोप्यता दिने चाहना पुरा गर्न सकिनन् । विगत २ बर्षदेखि उनी एक एनआरएनसँग प्रेममा रहेको खुलासा भएको हो ।

 अभिनेत्री पन्त विगत २ बर्षदेखि वेल्जियममा बस्दै आएका हरी थपलियासँग प्रेममा छिन् । २ बर्ष अगाडि यूरोपमा आयोजना भएको सांकृतिक कार्यक्रममा सहभागी हुन गएको समयमा हरी र गरिमा नजिक भएका थिए । यसपछि यी दुइले निकटतालाई प्रेममा बदलिएका हुन् ।

 बेल्जियममा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका विवाहित हरीसँग गरिमा निकट भएकी हुन् । दुबै जना आफ्नो सम्बन्धको बारेमा गम्भिर पनि छन् । दुबैले चाडै नै बिहे गर्ने योजना पनि बनाएका छन् । हरी डिभोर्सी पुरुष हुन् । उनकी एक चाइनिज श्रीमती थिइन् ।

तर, गरिमासँग प्रेममा परेपछि हरीले श्रीमतीलाई डिभोर्स दिएका हुन् । हरी गरिमालाई भेट्न बारम्बार नेपाल आउने गरेका छन् । -स्रोत साभार : फिल्मीखबर डट कम बाट ।
Powered by Blogger.