प्रेममा मस्त जवान हात्तीले गरे एकअर्कालाई चुम्बन
एजेन्सी । यी तस्बिरहरु हेर्दा सायद सबैको मन आनन्दित हुन्छ होला । दुई वयस्क अफ्रिकी हात्तीले आफ्नो सुँडद्वारा एकअर्कालाई अंगालो हालेको तस्बिर क्यामरामा कैद भएको छ । यो त्यतिबेला सम्भव भयो जतिबेला एउटा निकै चर्चित पर्यटकीय स्थलमा लगभग तीसवटा हात्तीले एकअर्कालाई जिस्काउँदै लखेटिरहेका थिए ।
ज्याक नामका फोटोग्राफरका अनुसार उनले धेरैपटक हात्तीहरु एकअर्कामा जिस्कँदै खेलेको देखेका थिए र उनीहरुबिचको मायाले उनलाई निकै अचम्मित बनाएको बताएका छन् । डेली मेलका अनुसार ज्याक र केहि पर्यटकहरुले एकअर्कालाई लखेटिरहेका हात्तीहरु एकाएक दौडिन बन्द गरेको देखे र उनीहरुले आफ्ना सुँडले एकअर्कालाई माया गरेर अँगालो हालेको देख्दा निकै अचम्मित भए ।


