Header Ads

बालिका बलात्कारका आरोपित कारागार चलान

चितवन, चैत ४ । चितवनमा १० वर्षीया बालिका बलात्कारमा आरोपित भण्डाराका एक व्यक्तिलाई कारागार चलान गरिएको छ । बुधबार छुनछेक बहसपछि जिल्ला अदालत चितवनले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

कारागार चलान हुनेमा भण्डाराका स्थानीय मुकुन्द हुमागाईं रहेको जिल्ला अदालत चितवनका नायब सुब्बा जयनारायण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अदालती बन्दोबस्ती ११८ को दफा २ बमोजिम उनी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

थुनछेकको बहसमा जाहेरीकातर्फबाट अधिवक्ता फुलमायाँ रानाभाट, सरकारकातर्फबाट जिल्ला न्यायाधिवक्ता अच्युत कुईंकेल र प्रतिवादीका तर्फबाट अधिवक्ता कमलराज पाठकले बहस गर्नुभएको थियो ।

बहसपछि अदालतले हिजो साँझ थुनामा राख्ने आदेश दिएको आचार्यले जानकारी दिनुभयो । सो घटनाका विषयमा महिला अधिकारकर्मीले प्रहरीलाई निष्पक्ष छानबिनका लागि दबाब दिँदै आएका थिए । गएको फागुन ७ गते १० वर्षीया ती बालिकाको घरमै पुगेर हुमागाईंले बलात्कार गरेको उनका परिवारले आरोप लगाएको छ ।

परिवारले नै देखेपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको बताइएको छ । प्रहरीले फागुन ९ गते उनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।
Powered by Blogger.