Header Ads

श्रीमानलाई बेश्यासँग सुत्न पठाएर आफू भर्जिन रहेकी श्रीमती - फोटोफिचर

एजेन्सी । तपाईले कतै सुन्नु भएको छ, कुनै जोडी लामो समयदेखि वैवाहिक सम्बन्धमा होस् तर उनीहरुबीच शारीरिक सम्बन्ध नहोस् ? तपाईले पक्कै पनि सुन्नु भएको छैन होला । तर, डेली मेलका अनुसार एउटा जोडी यस्तो छ जुन वैवाहिक जीवनमा रहेर पनि महिला अझै भर्जिन छिन् ।

उनी आफ्नो श्रीमानसँग खुसी पनि छिन् । अस्ट्रेलियाको मेलबर्न निवासी यो जोडीको विवाह २०१२ मा भएको हो । ३० वर्षीया एरिका हालोभे १५ वर्षको उमेरदेखि नै असेक्सुअल छिन् । उनका श्रीमान ३० वर्षीय एन्ड्रीउ हुन् । कथा सुरु गर्नुअघि तपाईलाई स्पष्ट पारिहालौं कि असेक्सुअल मानिस त्यस्तो हुन्छन् जसलाई सेक्स या सेक्स सम्बन्धी कुरा वा उनीहरु त्यसप्रकारको सम्बन्ध राख्न कुनै रुची राख्दैनन् ।

एरिका जब १५ वर्षकी थिइन् त्यतिबेलैबाट उनलाई थाहा थियो कि उनी असेक्सुअल हुन् । उनका श्रीमान पेसाले आइटी कन्सल्टेन्ट हुन् र एरिकासँग विवाह पनि गरेका छन् । किनभने उनी एरिकालाई माया गर्छन् । विचित्रको कुरा त यो जोडीले कहिल्यै सेक्स गरेकै छैन । असेक्सुअल भएका कारण एरिकाले एन्ड्रीउलाई स्वयम बेश्यासँग सुत्न पठाउने गरेकी छन् ।

 एरिकासँग विवाह भएपछि एन्ड्रीउले एरिकाकै आग्रहमा दश जना बेश्यासँग शारीरिक सम्बन्ध कायम गरिसकेका छन् । एरिका भन्छिन्–श्रीमानसँग सम्बन्ध कायम गर्ने विषयमा सोच्ने बित्तिकै मेरो मनमा यो सम्बन्धकै विषयमा तनाव सिर्जना हुने गर्दछ । तैपनि एरिका आफ्ना श्रीमानलाई धेरै माया गर्छिन् । तर उनी आफ्नो श्रीमानको आवश्यकता पुर्ति गर्नका लागि एक लिभ–इन पार्टनरको खोजी पनि गरिरहेकी छन् ।

 एन्ड्रीउ यस विषयमा भन्छन्–म एरिकालाई खुब मिस गर्छु । तर सबैलाई थाहा छ कि कुनै प्रकारको जोरजबरजस्ती गर्न चाहँदिन । म एरिकाबाट टाढा जाने कोशिस पनि गर्छु तर यो सम्भव भइरहेको छैन । -एजेन्सीको सहयोगमा
Powered by Blogger.