श्रीमतीसँग झगडा परेको रिसमा आफ्नै घरमा आगो लगाएपछी
दाङ, चैत्र ४ । आफ्नै श्रीमतिसंग झगडा परेपछि तुल्सीपुर गोलौरीका एक श्रीमानले घरमा आगो लगाएको स्थानीयहरुले वताएका छन् ।
तुल्सीपुर गोलौरी निवासी २८ वर्षीय जयराम चौधरीले श्रीमतीसँग झगडा परेपछि आफ्नै घरमा आगो लगाएको भन्ने स्थानीयको भनाइ अनुसार चौधरीलाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

मंगलबार बेलुकी लागेको आगो नेपाल प्रहरी, नेपाली सेना, स्थानिय र तुल्सीपुर नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएका थियो ।
आगलागीबाट घरका सरसामान जल्नुका साथै क्षति पुगेको छ । मादक पदार्थ सेवन गरेका चौधरीले नै आगो लगाएको स्थानीयहरुको भनाइ छ ।