यस्तो रह्यो विराज र रिमाको प्रस्तुति मुम्बईमा
मुम्बई । नेपाली कलाकार विराज भट्ट र रिमा विश्वकर्माले भारतको पुनेमा विशेष सांगीतिक प्रस्तुति दिएका छन् । होलीका अवसरमा नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा नायक भट्ट, नायिका विश्वकर्मालगायतका कलाकारले सांगीतिक प्रस्तुति दिएका हुन् ।

पर्दामा देखिने कलाकारहरुको स्वागतमा प्रवासी नेपालीहरुले पनि विशेष प्रस्तुति दिएका थिए । कलाकारहरुले नृत्य तथा गायन प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
त्यसैगरी, कलाकारहरु भगिरथी चलाउने, कल्पना दाहाल, सुस्मिता बुर्लाकोटी, हितेश कर्माकार, पम्फा कंडेललगायतले पनि सांस्कृतिक प्रस्तुति दिएका थिए ।
आयोजक समितिका अध्यक्ष चेतमान खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि महेन्द्र शर्मा, जयसिंह आउची, भक्त चलाउने नरबहादुर ठकुल्लालगायतका अतिथिले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।