मलेसियामा मृत्युदण्ड पाएका हरिबहादुरले जेलमा गहभरि अाशु पार्दै भने ...
संजिब दाहाल, मलेसिया । नेपालमा बेरोजगार भएपछि गरिब १३ वर्षअघि बसुन्चेत-१ नुवाकोटका हरिबहादुर घले बैदेशिक रोजगारीका लागि मलेसिया आएका थिए । त्यस बेला भर्खरै बिहे गरेका उनको आर्थिक हैसियत अति कमजोर थियो। विहे संगै दिन प्रति दिन पारिवारिक जिम्मेवारी समेत थपियो। उनलाई गाउँको मजदूरीबाट आउने पैसा थोरै भएकाले घर व्यवहार चलाउन झन्झन कस्टष्टर बन्दै गयाे । त्यही बेला उता फेरि श्रीमती गर्भवती भइन्। उनलाई खर्च धान्न धौ धौ हुनथाल्यो। त्यसपछि परिवार र भावी सन्ततिको सुन्दर सपना साँचेर उनी कमाउन मलेसिया अाउने निचेटमा पुगे अनि हानिए मलेसिया ।
फेरि नेपालमा उनकी श्रीमतीले छोरी जन्माइन । अहिले उनकी छोरी ११ वर्षकी भईसकेकि छिन्। छाेरि श्रीमती उता उनकै पर्खाई दिन प्रति दिन तड्पि रहेका हाेलान। उनी चाहिँ मृत्युदण्डको पर्खाइमा मलेसियामा जेलमा कष्टकर दैनिकि जीवन बिताइरहेका छन्। केमा काम गर्थे त हरिबहादुर, यसरी फसाए साथिले उनिलाई ! हरिबहादुर सन् २००३मा नेपालबाट होटलमा काम लागि अाएका थिए । हाेटलमा मेहेनतका साथ हाेटलमा काम गर्थे। उनको त्यस बेला कमाई ठिकै थियो। एक दिनकाे कुरा हाे होटेलमा काम गर्ने सिलसिलामा हामी पनि नेपाली भन्दै गणेश गुरुङ र साजन गुरुङले उनिसँग परिचय गरे ।
सधै भेटघाट बढे संगै देस्ति समेत बढ्दै गयाे । उनीहरुले विस्वास भन्दै उनलाई कहिलेकाँही केही सामान राख्न दिन्थे। उनले जतनसाथ राखिदिन्थे र सामान फिर्ता लिँदा केही पैसा दिन्थे। उनीलाई साथिसंग गरेकाे विस्वास प्रति मख्ख नै हुन्थे र पैसा पाउँदा मक्ख पर्थे। कुरा सन् २००३ मे 30 को हाे । उनलाई गणेश गुरुङले सधैँ जस्तै एउटा ब्याग राख्न दिएर हिँडे। ब्याग थन्काइदिएर उनी आफ्नो काममा व्यस्त भए । दसा भनाै ब्याग राख्न दिएकाे केही बेरमा मलेसियन प्रहरी होटलमा आइपुग्यो। होटलमा भटाभट खोजतलास गर्न थाल्याे। उनलाई गुरुङले राख्न दिएको ब्यागमा प्रहरिले खाेतलास गर्न थाल्याे ।प्रहरिले ब्याग भित्रबाट ८ सय ७५ ८ ग्राम हेरोइन भेटियो। प्रहरीले उनको ब्यागबाट हेरोइन निकाल्दा उनी छाँगाबाट खसे झैँ भए। उनलाई प्रहरीले पक्राऊ गर्यो। त्यहि बेला हाेटलबाट प्रहरी गिरप्तार गरि लागुअाैषतकाे मुद्दा चलायो। क्लालाम्पुरको नेपाली दुतावासका अनुसार ठशुरुमा तल्लो अदालत हाइ कोर्टले सन् २००९ नोभेम्बर २६ मा उनलाई मृत्यु दण्डको फैसला सुनायो।
सो फैसलाविरुद्ध नेपाली दुतावासले पुनरावेदन गर्यो । सन् २०११ को जनवरी २५ दोस्रो तहको अदालतले पुनरावेदन खारेज गर्दै हाई कोर्टकै फैसलालाई सदर गर्यो । दुतावासले हरिबहादुरको ज्यान जोगाउन दोस्रो तहको अदालतको फैसलाविरुद्ध सर्वोच्चको ढोका ढकढक्यायो। तर सन् २०१२ को सेप्टेम्बर २५ मा अन्तिम फैसला गर्दै सर्वोच्चले हरिबहादुरलाई मृत्यु दण्ड हुने निर्णय नै सदर गर्योै। सर्वोच्चको फैसलापछि हरिबहादुरको ज्यान जोगाउन मलेसियामा सबै कानुनी बाटाहरु लगभग बन्द भएका छन्। हरिबहादुर अहिले काजाङ जेलको मृत्युण्डको पर्खाइमा दिन बिताइरहेका छन्। उनलाई मृत्युदण्ड दिइने मिति तय भइसकेको छैन।
पार्डन बोर्डले सो मिति जुराउनेछ। मलेसियाका राजा अब्दुल हालिम प्रमुख रहेको पार्डन बोर्ड यहाँका अदालतका निर्णय कायान्वयन गर्ने अन्तिम निकाय हो। हरिबहादुरको ज्यान जोगाउने सबै कानुनी बाटा बन्द भए पनि नेपाली दुतावासले अझै कुटनीतिक पहल गरिरहेको छ। यो घटनालाई नजिकबाट नियाली रहेकी मलेसियाका नेपालका दुतावास राजदुत डा.निरन्जन सिंह बस्नेतकाअनुसार दुतावासको आग्रहमा तत्कालीन प्रधानमन्त्री बावुराम भट्टराईले यहाँका प्रधानमन्त्रीलाई हरिबहादुरलाई मृत्युदण्ड नदिन आग्रह गर्दै पत्र लेखेका थिए। मृत्युदण्डको प्रक्रिया यहाँ अघि बढ्न थालेपछि दुतावासले उनको ज्यान जोगाउने अन्तिम अस्त्रका रुपमा राष्ट्रपति डाक्टर रावरण यादव आग्रह गरेको छ।
राष्ट्रपतिले पनि दुतावासवासको आग्रह् अनुसार सन् २०१४ को १४ जुलाईमा यहाँका राजा अब्दुल हालिमलाई मृत्यु दण्ड नदिन आग्रह गर्दै पत्र लेखेका छन्। राष्ट्रपतिको पत्रलाई यहाँको पार्डन बोर्डले पेन्डिङमा राखेको छ। अब हरिबहादुरलाई मृत्युदण्डबाट रोक्न सक्ने एक मात्र निकाय यही पार्डन बोर्ड मात्रै हो। मृत्यु पर्खेर जेल बसेका हरिबहादुरलाई आजभोलि दिन र रात एकै लाग्न थालेको छ। उनको अवस्था बुझ्न समयड समयमा जेल गइरहने दुताबासका कर्मचारिलाई जाने गरेकाे राजदुत बस्नेतले जनाकारि गरेका छन्, ‘मेरो मृत्यु त निश्चित छ होला है म्याडम।’ आफ्नो देशको नागरिकले अर्काको देशमा मृत्यु निश्चित देखिरहँदा आफूलाई नरमाइलो लाग्ने उसले बताउँछन्। उनको ज्यान जोगाउन नेपालबाट राष्ट्रपतिले यहाँका राजालाई पत्राचार गरेको खबर सुनाउँदा उनको अनुहार एक्कासि चमक देखियो।
‘अब म मारिन्न होला त ?’ यो प्रश्नको जवाफ उनले दिन सकिनन् र भने ,’हामीले बचाउने प्रयास गरिरहेका छौं। चिन्ता नगर्नुस्।’ हरिबहादुरले आफूले गल्ती गरेर नभई अर्काको सामान राखेकै भरमा मृत्युदण्डको सजाए सुनाइएको गुनासो गर्छन्। उनी नेपालबाट यहाँ आउँदा गर्भमा रहेकी छोरी अहिले ११ बर्ष भैसकेकी छीन्। उनलाई मर्नुअघि एक पटक छोरीको मुख हेर्न चाहन्छन्। ‘मर्नु अघि छोरीको मुख देख्न पाए हुन्थ्यो। छोरीकै मुखै नदेखी मर्छु की!’, उनी भन्छन्।
उनलाई मृत्युदण्डको फैसला सुनाइएपछि श्रीमतीले नेपालमा दोस्रो बिहे गरिन्। बावु मलेसियाको जेलमा र आमा अर्कैसँग हिँडेपछि ती बालिकाको बिचल्ली छ। माफी पाएर नेपाल फर्किएमा छोरी पढाउने र वृद्ध आमाबुवाको हेरचाह गर्ने उनको धोको छ। राष्ट्रपतिले फेरि पहल गरे आफू बाच्छु कि भन्ने आशा उनमा छ। अब यहाँका राजाले राष्ट्रपति रामवरण यादवको आग्रहलाई स्वीकार गरी दयालु नबने उनले मृत्यु स्वीकार्नुको विकल्प छैन।