श्रीलंकाली टीभी बिज्ञापनमा नेपाली मोडल - पारामिता
काठमाडौं । नेपाली मोडल पारामिता रानाले श्रीलंकाको एक टीभी बिज्ञापनमा खेल्ने अबसर पाएकी छिन् ।
निकै कम नेपाली सुन्दरीहरुले अन्तराष्ट्रिय अबसर पाइरहेका बेला पारामिताले एक श्रीलंकाली बिस्कुटको बिज्ञापनमा अभिनय गर्ने अबसर पाएकी छिन, जुन यतिबेला त्यहाँ टीभीहरुमा धमाधम बजिरहेको छ ।

सेतो पहिरनमा सजिएकी पारामिता बिज्ञापनमा हावी देखिन्छिन् । बिश्वकप क्रिकेटका लागि लक्षित गर्दै त्यहाँको लोकप्रिय बिस्कुट ब्राण्ड मुन्ची लेमन पफ बिस्कुटका लागि बनाएको नयाँ टीभीसीमा पारामिताले अबसर पाएकी हुन् ।
‘पारामिताका लागि यो पहिलो ब्यबसायिक बिज्ञापनमा अभिनय हो । उनले फेसबुकमा लेखेकी छिन- श्रीलंकाली बिज्ञापनमा खेल्न पाउनु निकै उत्साहजनक रह्यो, धन्यवाद जसले मलाई बिश्वास गर्नुभयो ।’
भाषाका कारण आफुलाई केही समस्या परेपनि निकै सहयोग पाएको भन्दै उनले सवै टीमलाई धन्यबाद दिएकी छिन् । -स्रोत/म्यूजिकजोय मिडिया
बिज्ञापन भिडियो हेर्नुहोस !
