Header Ads

बलात्कारविरुद्ध इजरायलका नेपालीले बुझाए ज्ञापनपत्र

सबिता अधिकारी, इजरायल । वैदेशिक रोजगारीका लागि इजरायलमा रहेका नेपाली महिलाले देशमा बढिरहेका महिला हिंसा र बलात्कारका घटनाविरुद्ध यहाँस्थित नेपाली दूतावासमार्फत ज्ञापनपत्र बुझाएका छन् ।

 इजरायलमा रहेका नेपाली महिलाको सक्रियतामा स्थापित संस्था ‘नारीका लागि नारी’ १ करोड १ रुपैयाँको परोपकारी अक्षयकोषद्वारा हालै आयोजित वार्षिकोत्सव कार्यक्रममा नेपाली राजदूत प्रल्हादकुमार प्रसाईमार्फत सभामुख सुवास नेम्बाङलाई ज्ञापनपत्र बुझाइएको हो ।

 ज्ञापनपत्रमा महिला हिंसा र बलात्कारजस्ता जघन्य अपराध रोक्न कडा कानुनी व्यवस्थाका लागि माग गरिएको छ । त्यस्तै महिला हिंसा तथा वलात्कारका घटनाबारे संविधानसभामा बहस, छलफल र निर्णय गर्न पनि माग गरिएको छ । ज्ञापनपत्रमा इजरायलमा कार्यरत धेरै नेपालीले हस्ताक्षर गरेका छन् ।

 ज्ञापनपत्र बुझ्दै राजदूत प्रसाईले यथासक्य चाँडो सम्बन्धित निकायमा ज्ञापनपत्र पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
Powered by Blogger.