Header Ads

जागिरको निवेदन साथमा आफ्नो लिंगको तस्वीर समेत अट्याच गरी पठाए

जब कुनै जागिरका लागि आवेदन गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो शैक्षिक योग्यता, कार्य अनुभव तथा क्षमताको बारेमा रोजगारदातालाई कसरी सबै जानकारी गराउने भन्ने विषयमा ध्यान दिनुहुन्छ ।

यदि रोजगारदाताले यी सबै जानकारी सँगै तपाइँको तस्वीर समेत माग्यो भने आफ्नो सबैभन्दा राम्रो तस्वीर खोजी खोजी वा नयाँ खिचाएर भएपनि आवेदनसँगै संलग्न गरी पेश गर्नुहुन्छ । तर अमेरिकाका एक जना व्यक्ति भने यो भन्दा फरक मात्र होइन पूरै उल्टो तथा अचम्मको सोँचाइका रहेछन् ।

अमेरिकाको डलास सहरमा बस्ने एक युवकले टेक्सास वर्कफोर्स सोल्युसनमा आफ्नो जागिरका लागि आवेदन पेश गर्न आवेदन फाराम सँगै आफ्नो लिंगको तस्वीर समेत पेश गरेपछि त्यसले ठूलै हंगामा मच्चायो । ती व्यक्तिले उक्त रोजगारदाता कम्पनीको इमेल ठेगानामा इमेल मार्फत पठाएको आवेदनको साथमा आफ्नो लिंगको तस्वीर समेत अट्याच गरी पठाएका थिए ।

उक्त इमेल कम्पनीकी एक महिला कर्मचारीले खोलेर हेर्दा तिनछक परे । तत् पश्चात् कम्पनीले तत्कालै प्रहरीलाई खबर गर्यो । प्रहरीले जागिरका लागि निवेदनसँगै लिंगको तस्वीर पठाउने ती पुरुषलाई पक्रिन सफल भएको छ । उनीमाथि अश्लीलता प्रदर्शनको अभियोग दर्ता गरिएको छ ।

डलास प्रहरी कार्यालयका प्रवक्ताका अनुसार ती युवक बेरोजगार थिए र लामो समयसम्मको बेरोजगारीका कारण उनमा वितृष्णा भएर सायद त्यसो गरेका हुनसक्छन् । उक्त मानिसको नाम भने खुलाइएको छैन ।- माथिको तस्बिर भने संयोग मात्र हो - गुगलबाट ! 
Powered by Blogger.