विश्वकप क्रिकेटमा आज भारत र वेस्टइण्डिज भिड्दै
काठमाडौ, फागुन २२ । लगातार तीन खेल जितेपछि बलियो मनोबल बनाएको भारत शुक्रबार क्यारेबियन प्रतिद्वन्द्वी वेस्टइन्डिजसँग खेल्दैछ। अस्थिर र डरलाग्दो प्रदर्शनका लागि माहिर वेस्टइन्डिज र साबिक विजेता भारतबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।
चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई हराएर प्रतियोगिता सुरुआत गरेको भारतले बलियो दक्षिण अफ्रिका र एसोसियट राष्ट्र युएईलाई हराएको थियो। अस्थिर प्रदर्शनका लागि कारण चर्चामा आउने वेस्टइन्डिजले विश्वकपमा सन् १९९२ पछि भारतलाई हराउन सकेको छैन। भारतका लागि विस्फोटक ब्याट्समयान क्रिस गेलको प्रदर्शन टाउको दुखाइको विषय बन्ने निश्चित छ।

तर गेलको प्रदर्शन भने सधैं एकैनासको हुने गरेको छैन। दक्षिण अफ्रिका र पाकिस्तानविरुद्ध क्रमश: तीन र चार रन बनाएका गेलले जिम्बावेविरुद्ध भने दुई सय १५ रन बनाएका थिए। त्यसकारण भारतविरुद्धको उनको प्रदर्शन कस्तो हुने छ त्यो भने प्रतीक्षाकै विषय बनेको छ। भारतका भने सबै खेलाडी फर्ममा छन्।
विराट कोहली, शिखर धवन र सुरेश रैनाको प्रदर्शन विशेषगरी तारिफयोग्य रहेको छ। आयरल्यान्डविरुद्धको खेलमा पराजित भएर विश्वकपको यात्रा सुरु गरेको वेस्टइन्डिजले जिम्बावे र पाकिस्तानलाई हराएको थियो। दक्षिण अफ्रिकाविरुद्धको खेलमा हार भोगेको वेस्टइन्डिज भारतसँग कडा प्रतिद्वन्द्विता दिन तयार भएको युवा कप्तान जेसन होल्डर बताउँछन्।
घुँडाको समस्याबाट पीडित भएका भारतीय तेजबलर मोहम्मद सामी खेल्नका तयार भएका छन्। तर अर्का भारतीय बलर भुवनेश्वर कुमार खेल्न सक्छन् वा सक्दैनन् त्यो भने निश्चित भएको छैन। भुवनेश्वरको गोलीगाँठोमा चोट लागेको छ।
भारतका कप्तान महेन्द्र सिंह धोनीले वेस्टइन्डिज बलियो टिम भएकाले सचेत भएर खेल्ने जनाए। उनले विश्वकपमा खेलिरहेका कुनै पनि टिमलाई कमजोर वा बलियो भनेर चित्रण गर्न नहुने जनाए। -एजेन्सी