Header Ads

दलहरुलाई चैत १५ सम्म अन्तिम मौका,नेम्वाङले भने -‘सहमति नभए अब म आफैं गर्छु’

काठमाडौं, चैत्र ११ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधान लेखनको अन्तरबस्तु र प्रकियाका विषयमा सहमति गर्नका दलहरुलाई चैत १५ सम्म अन्तिम मौका दिएका छन्। चैत १५ गते पाँच बजेसम्म अन्तिम सहमति नभए त्यसैदिन आफूले बैठक बोलाउने अध्यक्ष नेम्वाङले बताएका छन् ।
यसअघि पनि अन्तिम मौका भन्दै उनले चैत ११ गतेसम्मको समयसिमा तोकेका थिए। अध्यक्ष नेम्वाङले संविधानसभामा रहेका मुख्य दलका प्रमुख सचेतकहरुसँग बुधबार परामर्शपछि सहमतिका लागि थप समय दिएका हुन्।

संविधान लेखनको अन्तरबस्तु र प्रकियाका विषयमा सहमति गर्नका लागि अध्यक्ष सुवास नेम्वाङले अन्तिम मौकाका रुपमा दिएको समयसिमा आज समाप्त हुँदैछ। माघ २९ देखि स्थगित संविधानसभा बैठक दलहरुबीच सहमति नहुँदा अहिलेसम्म बस्न सकेको छैन।

झण्डै डेढ महिनादेखि संविधानसभा स्थगित हुनुको औचित्य पुष्टि गर्न पटक (पटक राजनीतिक दल र नेताहरुको ध्यानाकर्षण गर्दै आएका नेम्वाङले दलहरुबाट कुनै निष्कर्ष निस्कन नसकेपछि संविधानसभा बैठक बोलाउने तयारी गरेका हुन।-रास्ट्रीयखबर 
Powered by Blogger.