Header Ads

रक्सीको सुरमा पन्यूले हिर्काउदा श्रीमतीको ज्यान गयो

राजविराज । सप्तरीको तेरहौता गाविस–५ नयाँ वस्तीका ३६ वर्षीय नरेश राईले कुटपिट गरी श्रीमतीको ज्यान लिएका छन् ।

 बर्ष ३५ की श्रीमती सन्तोषी चौधरी राईलाई मादक पदार्थ सेवन गरी सोमबार साँझ राईले खाना पकाउन भन्दा नमानेको भन्दै पन्यूले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

 सिकिस्त घाइते भएकी श्रीमतीको आज विहान मृत्यु भएको हो । हत्या आरोपमा राईलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक शिशिरकुमार कर्माचार्यले जानकारी दिए ।

 लाशलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । -फोटो :मनोहर कुमार/अन्नपूर्णपोस्ट 
Powered by Blogger.