Header Ads

दुर्घटनाग्रस्त विमानको अवशेष भेटियो, सबैको मृत्यु भएको आशंका

एजेन्सी, फ्रान्स । फ्रान्समा भएको एयरबस दुर्घटनाको अवशेष भेटिएको छ । आज स्पेनबाट जर्मन जादै गरेको जर्मनविङ्को ए ३२० एयरबस दुर्घटनामा परेको थियो ।

 अवशेष फ्रान्सको आल्प्स स्थित मियोल्यान्सको रेभेल्समा भेटिएको हो । जहाजका सवार सबै (२ पाइलट, ६ क्रु सदस्य र १ सय ४४ यात्रु) १ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

 जर्मनविङ्को ए ३२० एयरबस सकुसल आइपुग्ने आशमा जर्मनको डसलडोर्फमा यात्रुका परिवारका सदस्य एवं आफन्त जम्मा भएका थिए ।

 फ्रान्सका राष्ट्रपति फ्रान्स्वा होल्यान्डले दुर्घटनामा परेका यात्रु र चालक दलका सदस्यको बाँच्ने सम्भावन कम रहेको बताएका छन् । -फोटो : डेलिमेल
Powered by Blogger.