Header Ads

विमान दुर्घटना गराउने सहचालकले भनेका थिए–‘मैले यस्तो काम गर्नेछु त्यसले मलाई संसारमा चिनाउने छ’

जर्मनी, चैत्र १४ । गत मङ्गलबार दुर्घटनाग्रस्त बनेको जर्मनी विमान जर्मनविङ्सका सहचालकले गत वर्षमात्र आफ्नी पूर्व केटीसाथीसँगको वार्ताका क्रममा आफूले गरेको एउटा त्यस्तै चर्चाको काममार्फत अफूलाई संसारले चिन्ने बताएका थिए । सो कुराको रहस्य ती केटीसाथीले शुक्रबार खोलेकी छिन् । आफूसँगको कुराकानीका क्रममा ती सहचालकले सो कुरा बताएको उनले सार्वजनिक गरेकी हुन् ।

सो विमानको दुर्घटनासम्बन्धी अनुसन्धान टोलीलाई उनले सो जानकारी दिएकी हुन् । कुराकानीका क्रममा उनले आफुले संसारकै नागरिकले आफुलाई चिन्ने कामगर्ने बताएका ती केटीसाथीले जानकारी दिएकी हुन् । जब उक्त विमान दुर्घटनाग्रस्त बन्यो त्यस समयमा मैले ती सहचालकले आफूसँग गरेको कुराकानीका बारेमा सम्झिएँ– उनले जर्मनीको एक पत्रिकासँग भनेकि छिन् ।

उनले उक्त टोलीसँग भनिन्– उक्त विमान दुर्घटना भएको समाचारपछि मैले सम्झिएँ कि उसले भनेको थियो– मैले एउटा यस्तो काम गर्न गइरहेको छु जसले मलाई आफूले गरेको कामले मेरो नाम संसारभरि पु¥याउने छ । ती सहचालक एन्ड्रिज लुब्टिज मानसिक विमारी भएको तथ्य हालैमात्र खुलेको थियो । उनले डिप्रेसनको औषधि खाइराखेको र सोसम्बन्धी रोगको जानकारी उक्त विमान सेवा कम्पनीलाई नगराएको रहस्य हालैमात्र खुलेको हो ।

जर्मनी अधिकारीहरुले जर्मनविङ्स विमानका सहचालक मानसिक बिरामी भएको तथ्य बिहीबार मात्र बाहिर ल्याएका थिए । उनीहरुले त्यस विषयमा थप अनुसन्धान जारी रहेको बताएका छन् । उनको घरमा गरिएको उनको चिकित्सकीय प्रमाणपत्र, उनका परिवासँग गरिएको वार्तालापसहितको अनुसन्धानपछि सो तथ्य पत्ता लागेको त्यहाँका समाचारमाध्यमहरुले जनाएका छन् ।

त्यसैले उनको लापरबाहीले नै सो विमान दुर्घटना भएको समाचार अब पुष्टि भएको बताइएको छ । जर्मनविङ्सको विमान स्पेनको बार्सिलोनाबाट जर्मन जाँदै गरेको अवस्थामा फ्रान्सको एक पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको थियो ।

उक्त पहाडमा सो विमान ठोक्किनुपर्ने त्यस्तो कुनैपनि कारण नरहेको भन्दै विमान दुर्घटनाका बारेमा अनुसन्धान भएको थियो । विमानको ब्ल्याक बक्स भेटिएपछि पाइएका केही तथ्यमा पनि विमानका ती सहचालकले उक्त दुर्घटना गराएको भनी केही आधारभूत तथ्यहरु बाहिर आएका थिए । एएफपी
Powered by Blogger.