Header Ads

चैतको हावाहुरीबीच ‘चलेछ बतास सुस्तरी’ !

चैतको मध्य दिन, पोखरा जिरोकिलोमिटरमा हावाहुरी चल्दै थियो । झरीलाई निमन्त्रणा दिँदै गरेको हावाहुरीकै बीचमा नेपाली फिल्म चलेछ बताश सुस्तरीको सुटिङ धमाधम भैरहेको थियो । स्क्रिप्ट राईटर प्रदिप भारद्वाजले निर्माण गरेको फिल्म चलेछ बतास सुस्तरी विगत ३ हप्तादेखि पोखराकै विभिन्न स्थानहरुमा सुटिङ भैरहेको छ । सेटमा अभिनेता आकाश पल र अभिनेत्री सुष्मा कार्की ले सट दिईरहेका थिए ।

झरी पर्ने छाँटकाँट देखिएपछि प्राविधिक र कलाकारहरु जतिसक्दो चाँडो सिन सकाउनमै व्यस्त थिए । अभिनेत्री सुस्मा कार्की निकै शालिन पहिरनमा थिईन् । त्यसै माथि रोदनको दृश्यमा अभिनय गरिरहेकी शुस्मा साविक भन्दा निकै फरक देखिईन् । नायिका सुष्मालाई पत्रकार रेम विकले प्रश्न गरे, सँधै कामुक भुमिकामा देखिने सुष्मा कार्की त यो फिल्ममा सोझि पो हुनुभएछ त रु ? उनले भनिन्, होईन, कलाकार भएपछि जस्तो भुमिकामा पनि देखिनुपर्छ, म यो फिल्ममा सोझी केटीको भुमिकामा छु त्यसैले सोझी देखिनेखालको पहिरन लगाएकी हुँ, त्यसैमाथि मैले अब अंगप्रदर्शन गर्ने खालको भुमिकामा नदेखिने विचार गरेकी छु ।
अंगप्रदर्शनमा मैले अलि अब ख्याल गर्नुपर्दछ । त्यत्तिकैमा अभिनेता आकाश पलले केहिबेरका लागि आराम पाए । र, फिल्ममा आफ्नो भुमिकालाई लिएर यसरी गफिए–फिल्म निकै राम्रोसँग सुटिङ भैराखेको छ । मेरो भुमिका निकै राम्रो छ, यो फिल्मले मेरो करिअर उकास्नेमा म ढुक्क छु । यसअघि ईच्छा फिल्ममा खेलिसकेका अभिनेता पल यो फिल्मले आफुलाई दर्शकमाझ चिनाउनेमा विश्वस्त देखिए ।

फिल्मलाई दुई जना महिला निर्देशकहरुले एकै साथ निर्देशन गरिरहेका छन् । शबु सुवेदी र अनिरा खड्का फिल्मका निर्देशकहरु हुन् । उनीहरु दुवैजनाको यो फिल्ममा डेब्यू निर्देशन हो । पहिलो फिल्म भएपनि निकै राम्रो सँग काम भैरहेको छ । राम्रो टिम भएकोले हामीलाई केहि सजिलो भएको छ । दुवैजना निर्देशकहरुले एकै स्वर गरे–हामी दुई जना मिलेर काम गर्दा अझै सजिलो भएको छ ।

निर्माता समेत रहेका स्क्रिप्ट राईटर प्रदिप भारद्वाजले फिल्मको ९० प्रतिशत सुटिङ सकिएको जानकारी दिए । दशैँ अगाडिसम्म प्रदर्शनमा ल्याईसक्ने योजना सहित काम गरिरहेको यूनिटल फिल्म दर्शकले रुचाउनेमा ढुक्क छ ।
Powered by Blogger.