दूरसंचारमा जागिर दिन्छु भन्दै बलात्कार गरेर भागेका घिमिरे पक्राउ
काठमाडौँ, फागुन २६ । २२ बर्षीया युवतीलाई जवरजस्ती करणी गरी फरार पाल्पा बन्दीपोखरा–१ का तत्कालिन दुर संचार कार्यालय स्याङजा वालिङ्गका प्रमुख ५२ बर्षीय यादवप्रसाद घिमिरेलाई केन्द्रीय अनुसन्धान व्यूरोले आइतबार काठमाडौं कलंकीबाट पक्राउ गरेको छ ।

दुरसंचार शाखा कार्यालय वालिङ्ग स्याङजामा रिक्त कर्मचारीमा जागिर मिलाइदिन्छु भनी गत २०६४ साल पुस १७ गते पोखरा घारी पाटनस्थित होटलमा लगी ज्यान मार्ने धम्की दिई जबरजस्ती करणी गरेका थिए ।
उक्त अभियोगमा सर्वोच्च अदालतले २०७१ पुस ३ गते घिमिरेलाई ५ बर्ष कैद र पीडितलाई १ लाख ५० हजार क्षतिपूर्ति भराइदिने पैmसला गरेको थियो । कैद भुक्तानको लागि घिमिरेलाई सोमबार जिल्ला अदालतमा पेश गरी कारागार कार्यालय डिल्लीबजारमा राखिएको छ ।
यस्तै कंचनपुरमा जवरजस्ती करणी गरेको अभियोगमा दैजी–४ बस्ने २६ बर्षीय दिपेन्द्र भट्टलाई ईलाका प्रहरी कार्यालय झलारीले आइतबार पक्राउ गरेको छ ।
भट्टले सोही ठाउँ बस्ने बोल्न नसक्ने मानसिक अवस्था कमजोर भएकी १७ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
