इङ्ल्यान्डलाई हराउँदै बंगलादेश विश्वकपको क्वाटर फाइनल प्रवेश
काठमाडौ, फागुन २५ । विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत एसियाली मुलुक बंगलादेशले इङ्ल्यान्डमाथि ऐतिहासिक जित निकालेको छ ।
बंगलादेशले दिएको दिएको २७५ रनको लक्ष्य पच्छ्याएको इङ्ल्यान्ड ४८.३ ओभरम अलआउट हुँदै २६० रनमा समेटिएपछि बंगलादेश जारी विश्वकपको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।
खेलमा बंगलादेशले निधारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ७५ रनको योगफल तयार पारेको थियो । बंगलादेशका लागि महम्मुदुल्लाहले सर्वाधिक १ सय ३ रनको ब्यक्तिगत स्कोर खडा गर्दा मुसफिकर रहिमले ८९, समी सरकारले ४० रनको योगदान गरेका थिए । बलिङ तर्फ इंगल्यान्डका लागि जेम्स एन्डरसन र क्रिस जोर्डनले समान २/२ विकेट हात पारे ।

२ सय ७६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको इंग्लिस टोली ४८ दशमलब ३ ओभरमा सबै विकेट गुमाउदा मात्र २ सय ६० रनमा समेटिएको थियो । इंग्ल्यान्डका लागि जोस बोटलर्सले सर्वाधिक ब्यक्तिगत ६५ रनको पारी खेलेका थिए ।
उता यान बेलले ६३ रन जोड्दा जोइरुटले २९ तथा क्रिस वकेसले नटआउट ४२ रनको पारी खेलेका थिए । बलिङतर्फ बंगलादेशका रुबेल हुसेनले सर्वाधिक ४ विकेट हात पारेका थिए । जितसंगै दक्षिण एसियाली राष्ट्र बंगलादेश र श्रीलंकाले समुह चरण पार गरेका छन् ।
यसअघि समुह ए बाट न्यूजील्याण्ड र अष्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगितामा भोलि आयरल्यान्डले डिफेन्डिङ च्याम्पियन भारतको सामना गर्नेछ ।