ताप्लेजुङको सदरमुकाममा भीषण आगलागी, जिविस भवनसहित करिब २३५ घर नष्ट, पानी नहुँदा आगो नियन्त्रणमा समस्या
ताप्लेजुङ, चैत १० । ताप्लेजुङ सदरमुकाममा भिषण आगलागी भएको छ । सदरमुकामको तोक्मेबजार क्षेत्रमा सोमबार साँझ करिव ७ः३० बजेबाट सुरु भएको आगलागी अहिले बिहान सम्म पनि नियन्त्रन बाहिर छ । बढीमा ३५ घर टहराहरु जलेर नष्ट भइसकेका छन् भने साना ठूला गरी सयौं पसलहरु पूर्णरुपमा जलेर नष्ट भएका छन् । आगलागी बाट करिब ९० घर परिवार बिस्थापित भएका छन् ।
तोक्मेबजारस्थित पूर्वेली होटलबाट सुरु भएको आगोले एकापसमा घर तथा पसलहरू जोडिएका कारण छोटो समयमै ठूलो क्षति हुन पुगेको हो । आगलागीबाट सुनचाँदी, कपडा, हार्डवेयर, फेन्सी स्टोर, मोबाइल, किराना पसल लगायतका सयौं पसल जलेर नष्ट भएका हुन् ।
यस्तै आगलागीले जिल्ला विकास समितिको एक भवन समेत जलेर नष्ट भएको छ । आगलागीले भएको क्षतिको पूर्ण विवरण भने तत्काल आउन नसक्ने प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले बताए । यता आगो नियन्त्रणका लागि जोडिएका भवनहरू स्काभेटर लगाएर भत्काउन थालिएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासी समेत लागेर नियन्त्रणको प्रयास भइरहेको छ ।

तीव्र गतिको हावाको बेग साथै पानीको अभावका कारण आगो नियन्त्रणमा समस्या भइरहेको प्रहरीले जनाएको छ । यस्तै आगो नियन्त्रणकै लागि इलामबाट दमकल आई सकेको बताइएको भए पनि पानीको अभाबका कारण आगो नियन्त्रणमा कठिन भएको छ । यसअघि पनि सदरमुकाममा पटक पटक आगलागीको घटना भएका र आगोले धेरै धनसम्पत्तिको क्षति पुर्याउँदै आएको छ ।
तस्बिर -रातोपाटि