Header Ads

१५ वर्षीय बालिकालाई ५० वर्षीयसँग विवाह गराई बलात्कार गरेपछि

खोटाङ, चैत १० । खोटाङमा १ किशोरीलाई जबरजस्ती विवाह गराइदिने ३ महिला पक्राउ परेका छन्। बैंकुण्ठे-४ भोजपुरकी १५ वर्षीया बालिकालाई जालपा-९ का ५० वर्षीय भूमिराज राईसँग करकापले विवाह गराइदिएको भन्दै प्ररहीले जालपाकै चिजा राई, गायत्री राई र दुर्गासरी राईलाई पक्राउ गरेको छ।

राई थरकी किशोरी जालपास्थित दिदीको घरमा बस्दै आएकी थिइन। उनको इच्छाविपरित जबरजस्ती पक्रिएर भूपीराजको कोठामा लगी फूलमाला, सन्दुर पोते लगाउन लगाएर विवाह गराइदिएका थिए। उनीहरूलाई म्याद थप गरेर मुद्दा चलाइएको प्रहरीको मुद्दा शाखाकका सही यादव गौतमले बताए।

भूपीराजले उनलाई बलात्कार पनि गरेको प्रहरी अनुसन्धानले देखाएको छ। ‘मान्छे धनी छ, तिमीलाई माया गर्छ, जति पैसा चाहिए पनि दिन्छ भनेर फकाए तर मैले मानिनँ,’किशोरीको बयान उद्द्धृत गर्दै गौतमले भने,‘त्यसपछि समातेर कोठामा लगेर थुनिदिए अनि भूपीराजले बलात्कार गरे।’ जबरजस्ती विवाह र बालत्कार पछि भूपीराज फरार छन्।
Powered by Blogger.