मिति: वि.सं.२०७१ साल चैत्र ५ गते । बिहिबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?
- मिति: २०७१ चैत्र ५ बिहीवार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा सफलता पाउन प्रतिस्पर्धा गर्नुपर्नेछ। अरूबाट आलोचना हुने भएकाले संयमित रहनुहोला। कुरा काट्ने प्रशंसा गर्न थाल्नेछन्।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
लेखनमा मन लाग्नेछ। उत्साह र हर्ष बढ्नेछ। न्यायिक कार्यमा अल्झन आउनेछ। भाग्य कमजोर रहेको हुँदा कार्य अधुरा रहनेछन्।मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
धार्मिक भावनाको विकास हुनेछ। अनावश्यक समस्याले सताउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक वृद्धि हुने देखिन्छ। प्रेम प्रसंग चल्नसक्छ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अधुरा कार्य पूरा हुनुका साथै नवीन कार्यको थालनी हुनेछ। मानसिक अस्थिरता रहनेछ। व्यापार व्यवसायका लागि समय उत्तम छ।सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धर्मकर्ममा रुचि बढ्नेछ। अग्निभयको सम्भावना छ। राजनीतिक अस्थिरता बढ्नेछ। कार्य असफल रहनेछन्।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
भाग्यले साथ दिनेछ। धनलाभ हुनुका साथै काममा सुधार आउनेछ। पारिवारिक मेल मिलाप बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
सम्मान प्राप्त हुनेछ। भेटघाटमा मन रमाउनेछ। अरूको मन जित्न सकिनेछ। सामाजिक कार्यमा गरिएका प्रयासहरू फलदायी रहनेछन्।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
बोलीको प्रभाव बढ्नेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। दिनको पूर्वाद्र्धमा लेनदेन नगर्नु होला। विश्वास गरेकाले धोका दिनेछन्।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
शारीरिक कमजोरीका कारण चिन्ता बढ्नेछ। न्यायिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्ने योग छ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
अध्ययनअध्यापनमा मन लाग्ने छैन। स्वास्थ्यमा आंशिक सुधार हुनेछ। सञ्चार क्षेत्रमा सफलता मिल्नेछ। मनमा अनावश्यक चिन्ता बढ्नेछ।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आयआर्जनमा अवरोध आउने देखिन्छ। रमाइलो यात्राको अवसर मिल्नेछ। विलासिताका वस्तु खरिदबिक्रीको योग छ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। पारिवारिक सद्भाव कायम रहनेछ। व्यापारव्यवसायबाट सफलता मिल्नेछ।
© Copyright : baralguru, All Rights Reserved.
