Header Ads

मोडालिटी विवादले रोक्यो नेपाली कामदारलाई इजरायल जान

काठमाडौं, चैत ५ । नेपाली कामदार लिन इजरायल तयार भए पनि दुई देशबीच मोडालिटीमा सहमति हुन नसक्दा कामदार जानबाट वञ्चित भएका छन् । कामदार लिने र पठाउने विषयमा ६ महिनाअघि नै सहमति भए पनि कसरी पठाउँने भनेर मोडालिटीमा अहिलेसम्म सहमतिमा पुग्न नसक्दा जाने प्रतिक्षामा रहेकाहरु निराश हुन थालेका छन् ।

इजरायलले सुरुमा पाइलट प्रोजेक्टअन्तर्गत तीन सय जना नेपाली कामदार लिन लागेको हो । यसका लागि उसले विभिन्न सर्त अघि सारेको छ । नेपालले भने ती सर्तमा पुनरावलोकन गर्न आग्रह गर्दै आएको छ ।

कामदार आदानप्रदान प्रक्रिया र मोडालिटीका सम्बन्धमा सहमति कायम गर्न दुई देशबीच चारपटकसम्म मस्यौदामा छलफल र परिमार्जन समेत भइसकेको छ ।

दुई देशले इमेल तथा चिठीमार्फत सुरुमा बनाएको मस्यौदामा संशोधन गरिसकेका छन् । तर, अहिलेसम्म निचोडमा भने पुग्न नसकिको सम्बद्ध अधिकारीले जानकारी दिएका छन् । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले कामदार पठाउने मोडालिटीको मस्यौदामा धेरैपटक छलफल पत्र आदानप्रदान भए पनि सहमति हुन बाँकी रहेको बताए ।

आफ्ना कमदारको अधिकतम् हितका लागि लबिङ गरिएकाले सहमतिमा ढिलाइ हुन गएको उनले बताए । -अन्नपूर्णपोस्ट दैनिकबाट
Powered by Blogger.