Header Ads

आमाको नामबाट नागरिकता नपाएको गुनासो

धनकुटा, फागुन २६ । आमाको नामबाट नागरिकता पाउने प्रावधान भए पनि जिल्ला प्रशासन कार्यालयले पहँुचवालाको दबाबमा आफूलाई नागरिकताबाट वञ्चित गराएको भन्दै तेह्रथुमका एक व्यक्तिले पुनरावेदन अदालत धनकुटामा मुद्दा दायर गर्नुभएको छ ।

तेह्रथुम ह्याकुका जीवनकुमार सुवेदीले नागरिकताका लागि जिप्रका धाएको एक वर्ष बितिसक्दासम्म पनि अझै नागरिकता नदिएको भन्दै प्रजिअविरुद्ध अदालतमा मुद्दा दायर गर्नुभएको हो । बाबुको मृत्यु भएकाले आमाको नामबाट नागरिकता पाउनुपर्ने उहाँको माग छ ।

नागरिकता पाएपछि कानुनी रुपमा अंश पाउने भन्दै सौतेनी दाजुहरुको दबाब र आर्थिक प्रलोभनमा परेर प्रशासनका कर्मचारीले आफूलाई नागरिकताबाट वञ्चित गराएको सुवेदीको आरोप छ ।

आफू वैदेशिक रोगजारीमा गएका बेला कीर्ते विवाह गराएर श्रीमतीलाई पाठक थरबाट अवैधानिक रुपमा नागरिकता थमाइदिएको पनि सुवेदीले बताउनुभयो । आफू सुवेदीको छोरा भएकाले आमाको नाममा सुवेदीकै थरमा नागरिकता पाउनुपर्ने उहाँको माग छ ।
Powered by Blogger.