Header Ads

फेसबुकले आजै यस्तो नयाँ टूल थपेको छ, जान्नुहोस के रहेछ !

साथीभाइसँग सामाजिक सञ्जालमा जोडिन फेसबुक चलाउने अर्बौ मानिसहरुमध्ये तपाईँ पनि एक हुनुहुन्छ भने सुखद् खबर : अब तपाईँका महत्वपूर्ण दिनहरु फेसबुकले सम्झाइदिनेछ। तपाईँले 'अन दिस डे' टूलबाट पाउनुहुनेछ यस्ता सम्झनाहरु जसलाई तपाईँले विर्सँदै पनि गएको हुनसक्छ।

फेसबुकले आजै नयाँ टूल थपेको छ लोकप्रिय सामाजिक सञ्जालमा। यसले तपाईँको जन्मदिनदेखि बिहेको दिन तथा तपाईँका जीवनका विशेष दिनहरुलाई सम्झाइदिन्छ। व्यस्त जीवनमा आफ्ना जीवनमा महत्वपूर्ण मोडहरु गुमनाम भइरहेको अवस्थामा फेसबुक नोटिफिकेसनबाट तपाईँले आफ्ना त्यस्ता दिनको सूचना पाउनु हुनेछ।

लामो समयको परीक्षणपछि फेसबुकले यो फिचर थपेको हो। यसअघि तपाईँले आफ्ना फेसबुक फ्रेन्डका जन्मदिन थाहा पाउनुहुन्थ्यो नोटिफिकेसनबाट। अब आफ्नै जीवनका महत्वपूर्ण दिनहरुबारे जानकारी पाउनुहुनेछ। फेसबुकले थपेको नयाँ टूलको पूर्ण रुप अहिले नै प्रयोग गर्न पाउनु हुनेछैन। तर कम्पनीले यसलाई छिटै फूल फ्लेज्ड रुपमा ल्याउने छ।

तपाईँले फेसबुकमा प्रयोग गर्नुभएको ट्याग र राख्‍नुभएको सूचनाका आधारमा यस्ता दिनहरु सर्टिङ हुनेछ। र त्यसको सूचना हरेक वर्ष तपाईँलाई नोटिफिकेसनका रुपमा पुस गर्नेछ। लाली गुराँस फुलेको समयमा तपाईँले खिच्नु भएको फोटो होस् या तिहारमा टिका लगाइरहँदाको क्षण या घुमघाममा रहनुभएको दिनसमेत सम्झना गराइदिनेछ।
Powered by Blogger.