Header Ads

अपराधी समातिएपछि संगीताकी आमाले भनिन्,‘भगवानले मेरो पुकारा सुने’

काठमाडौं,चैत ७ । एसिड आक्रमणमा परेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेकी संगीता पुलामी मगरकी आमा चमेलीले घटनाका दोषी पक्राउ परुन् भनेर आफूले दिनरात भगवानसित प्रार्थना गरेको र भगवानले आफ्नो पुकारा सुनेको बताएकी छन् ।

 यो घटनामा आफ्नो छोरीको कुनै दोष नभएको भन्दै उनले छोरीको खुसी पहिले जस्तो हुने या नहुने भनेर चिन्ता लागेको बताइन् । ‘आक्रमणकारी पक्राउ परेकोमा म खुसी छु,’ चमेलीले भनिन् ।

 त्यस्तै संगीतासँगै आक्रमणमा परेर वीर अस्पतालमा उपचार गराइरहेकी सीमा बस्नेतकी आमा सीताले एसिड आक्रमणकारी पक्राउ परेकामा खुसी लागेको प्रतिक्रिया दिइन् ।

‘ढिलोचाँडो न्याय पाइँदो रहेछ,’ उनले भनिन् ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।-तस्बिर स्रोत /रातो पाटी डट कम बाट
Powered by Blogger.