Header Ads

फेरी बालिका बलात्कार ! बलात्कार गर्ने युवक पक्राउ

इलाम, फागुन ३० । बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एघार वर्षीया एक बालिकालाई करणी गर्ने इलाम पशुपतिनगर–३ का ३२ वर्षीय निमाछिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार घरमा गएर बालिकालाई ललाइफकाई जबर्जस्ती गरी फरार भएका उनलाई आज बिहान इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरी हिरासतमा राखेको हो ।

बालिकाको स्वास्थ्य परीक्षण गरेपछि स्वास्थ्य अवस्था सामान्य रहेको परिवारजनले बताएका छन् । तामाङविरूद्ध जबर्जस्ती करणीअन्तर्गत मुद्दा दायर गरिने प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिनुभयो ।
Powered by Blogger.