गर्भवती महिलाका लागि हवाई यात्रा कति सुरक्षित ?
एजेन्सी । गर्भावस्थाका क्रममा महिलाहरुका लागि ३७ हप्ताअघि हवाई यात्रा सुरक्षित मानिएको छ । जुम्ल्याहा बच्चाको मामिलामा भने ३२ हप्ता मात्र सुरक्षित मानिएको छ।
ब्रिटेनको रोयल कलेज अफ अब्सट्रीटिशयन्स एण्ड गायनोकोलिजस्ट्सका अनुसार कम जोखिमवाला गर्भावस्थामा हवाई यात्रा धेरै खतरनाक छैन । तर, यसको साइड इफेक्टस भने हुने गर्दछ ।
यस्तै २८ हप्तापछिको गर्भावस्थामा भने चिकित्सकको सल्लाह लिएर मात्र हवाई यात्रा गर्नु आवश्यक छ। यद्यपि हवाई यात्रामा यात्रीहरुले थोरै विकिरणको सामना भने गर्नुपर्नेछ । तर, यसबाट गर्भपात या समयभन्दा अगाडि नै बच्चा जन्मने कुनै प्रमाण फेला परेको छैन । यसरी नै हावाको दवाब र आद्र्रता कम भएका कारण कुनै पनि गम्भीर असर परेको फेला नपरेको अध्ययनमा उल्लेख छ।
यदि सामान्य गर्भावस्था छ भने बच्चामा कुनै नराम्रो असर पर्ने सम्भावना रहँदैन ।
अन्तर्राष्ट्रिय हवाई यात्रा संगठनले यस्ता महिलाहरुलाई बढी उल्टी हुन सक्ने बताएको छ। चार भण्टाभन्दा बढीको हवाई यात्रामा डीप भेन थ्रोबोसिस हुन सक् छ। जसका कारण खुट्टा वा पुठ्ठामा रगत जम्छ ।
संगठनले हवाई यात्राका क्रममाा गर्भवती महिलाहरुले खुकुलो कपडा र आरामदायक जुत्ता लगाउनुपर्ने, हवाई जहाजभित्र केहीबेर हिँड्नुपर्ने र सिटमै बसेर हरेक आधा घण्टामा थोरै व्यायम गर्नुपर्ने बताएको छ।
उनीहरुले मदिरा र कफीजस्ता पदार्थको सेवन कम गर्नुपर्ने संगठनको सुझाव छ । कतिपय अवस्थामा भने गर्भवती महिलाहरुले हवाई यात्रा नगर्नु नै उत्तम हुने संगठनको भनाइ छ। जुन महिलामा एनीमियाको गम्भीर समस्या छ, ‘सिकल सेल’ रोग छ, बढी रक्तश्राव भएको छ वा मुटु वा फोक्सोको रोग छ भने उनीहरुलाई यस्तो अवस्थामा हवाई यात्रा नगराउनु उपयुक्त हुने सुझाव दिइएको छ।