Header Ads

घुस लिदै गरेको १ लाख ५० हजार सहित विधुत कर्मचारी पक्राउ

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विधुत प्रधिकरण चन्द्रनिगाहपुरका कर्मचारी उमेश कुमार यादव लाई सेवाग्राहिबाट घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको छ । अख्तियारको टोलील नेपाल बिुधत प्रधिकरण चन्द्रनिगाहपुर शाखाका सुपरभाईजर यादवलाई सेवाग्रहिबाट एक लाख ५० हजार रकम घुस लिदै गरेको बेला पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिवासका प्रहरी नायव उपरिक्षक सन्तोष आचार्य र काठमाण्डौका शाखा अधिकृत कृष्ण दाहालको नेतृत्वमा आएको टोलीले यादवलाई चन्द्रनिगाहपुर स्थित होटल अल्पाइनबाट घुसको रकम सहित पक्राउ गरेको हो । रंगपुर गाविस २ स्थित मैरामा रहेको राहुल राईस मिलमा ३ फेज विधुत जडान गरिदिने भन्दै मिल सञ्चालक बैजु साह संग प्रधिकरणका सुपरभाईजर यादवले घुस रकम मागेका थिए ।

सोहि रकम बुझाउने क्रममा मंगलबार बिहान अख्तियारको टोलीले होटलबाट उनलाई पक्राउ गरेको हो । करिव दुई महिना अगाडी विधुत लाईन जडान गर्नेका लागी मिलका सञ्चालकले नेपाल विधुत प्रधिकरण कार्यालय चन्द्रनिगाहपुर प्रशाखामा निबेदन दिएका थिए । निबेदनको वेवास्ता गर्दै प्रधिकरणका कर्मचारी यादवले आफु संग रकम माग्ने गरेको मिल सञ्चालक बैजु साहले बताए ।

मिलका लागी आफुले ट्रान्सफर्मर किनेर थ्रिफेज लाईन जडानका लागी प्रधिकरणमा निबेदन दिएको उनले बताए । यता प्रधिकरणका कर्मचारी यादवले आफुलाई मिल संचालकका भान्जा मुकेश गुप्ताले फसाएको बताए ।

प्रधिकरणका कर्मचारीले सेवाग्रािह संग घुस रकम माग्ने गरेको जनगुनासो आएपछि निगरानी बढाई रोखको अख्तियारको टोलिले बताएको छ । निरागानीको क्रममा प्रधिकरणका कर्मचारी यादवलाई घुस रकम सहित पक्राउ गरीएको अख्तियारका प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए ।-प्रविण टिबडेवाल
Powered by Blogger.