Header Ads

हिमानीको हात माताले हेरेपछि….

काठमाडौं । पूर्व युवराज्ञी हिमानी आपना पनि पारससँग किन यत्तिका समयदेखि अलग छिन् ? आमजिज्ञासाको विषय बनिसकेको छ यो । एक साताअघि निर्मल निवासमा बोलाइएकी २३ वर्षीय एक कुमारी माताले हिमानीसँग फेरि यही कुरा दोहो¥याइन्, सरकारहरु साथमा नभएकै राम्रो ! अर्थात्, ज्योतिषीय सिद्धान्तअनुसार उनीहरुबीच ग्रह नमिल्नेमात्र हैन, सँगै बस्दा ठूलै अनिष्टको खतराका कारण पारस हिमानी अलग्गिनु सुखद् हुने ठम्याइन्, माता सविता आचार्यले ।

धनकुटाकी स्थानीयवासी कुमारी माताले यसअघि ससुराको पनि ग्रहदशा हेरेकी थिइन् । ज्ञानेन्द्रलाई छोरोबाट फलिफाप नहुने कुरा उनैले हो पहिला सुनाएको र अहिले हिमानीको ग्रहदशा हेर्दा पनि ससुराको झैँ योगफल देखिएको छ । पति पारसका कारण दिक्दार भएपछि हिमानी आफैंले स्वकीय सचिव स्मृति शाहलाई फोन गर्न लगाई कुमारी मातालाई सम्पर्क गरेकी हुन् । भेटका बेला हिमानीले परिवारको भन्दा बढी देशको चिन्ता गरिन् । सोधिन्, देश कसले बनाउँछ ? कहिले शान्ति होला ? माताले देशको अवस्था साह्रै गाह्रो रहेको सुनाइन् । हिमानीको ग्रहमा राजयोग देखियो ।

 यो भनेको शासन गर्ने वा नेतृत्व लिने योग मानिन्छ । माताले भनिन्, सरकार त महारानी नै हुने योग छ । तर हिमानीले महारानी बन्ने कुरा स्विकारिनन् । महारानी बन्नु छैन, राम्रो बन्न पाए पुग्छ, भनिन् । माताले सोधिन्, पारस सरकार कहिले सवारी होइबक्सन्छ ? जवाफमा हिमानी हाँसिन् र उल्टै सोधिन्, कहिले ? माताले निर्मल निवासमा वास्तु दोष देखाइन् । केही समयअघि ज्ञानेन्द्र गम्भीर बिरामी हुनु र निर्मल निवासमा बस्नेहरुमा बेलाबेला शारिरीक समस्या, मानसिक असन्तुलन देखिनुजस्ता कुराका पछाडि वास्तुदोष रहेको पहिल्याइन्, माताले ।

निर्मल निवासमा लगाइएको रंग, प्रवेशद्वार, शयनकक्षजस्ता कुरामा त्रुटि औल्याइन् । राजा हृदयेन्द्र ? माताका अनुसार, निर्मल निवासलाई ०७३ साल फलिफाप छ । आमाले ग्रहदशा देखाइरहँदा छोरा हृदयेन्द्र छेउमा पुगे । हिमानीले मातासँग छोरोको चिनजान गराइन्, माताजी हो भन्दै । यसपछि हृदयेन्द्रको ग्रहदशा हेर्ने क्रममा देखियो, राजयोग । माताले हिमानीलाई सुनाइन् ।

 हिमानीले भनिन्, राजा हुनु पर्दैन ! हृदयेन्द्रको ग्रहदशा हेर्ने क्रममा हो ०७३ फलिफाप देखिएको । हिमानीले सोधिन्, के हुन्छ ? माताले अनेकन घटना र परिघटना आँखैले देखिने सुनाइन् । ती घटनालाई आफ्नो पक्षमा पार्न चाहँदा अनुकुल समय रहेको पनि बताइन् । समाचार जन आस्था साप्ताहिकमा छ ।
Powered by Blogger.