प्रहरी मुख्यालयमा नै महिला इन्सपेक्टर बलात्कृत भएपछी ...
एजेन्सी । भारतको मध्यप्रदेशको राजधानी भोपालमा प्रहरी मुख्यालयमा तैनाथ महिला प्रहरी इन्सपेक्टरमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । महिला इन्सपेक्टरले आफूलाई विवाह गर्ने आश्वासन दिएर बलात्कार गरेको आरोप लगाएकी हुन् ।
इन्सपेक्टरको उजुरीपछि प्रहरीका प्लाटुन कमाण्डरविरुद्ध मुद्दा दर्ता गरिएको छ । यससँगै ती कमाण्डरकी आमाविरुद्ध पनि जातीय विभेदपूर्ण शब्द प्रयोग गरेको आरोपमा मुद्दा दर्ता गराइएको छ । प्रहरीका अनुसार आरोपी २९ वर्षीय राम दत्त पाण्डेय जिल्लाको स्पेशल सशस्त्र फोर्स (एसएएफ) को एक बटालियनमा कार्यरत रहेका छन् ।

समाचार संस्था टीओआईका अनुसार उनीहरु दुवैबीच केहीसमयदेखि चिनजान भएको र सन् २०१४ मा हेडक्वार्टरमा तैनाथ रहेका बेला शारीरिक सम्बन्ध भएको थियो । त्यसबेला रामदत्तले विवाहको आश्वासन दिएर केही समय शारीरिक सम्बन्ध बनाएका थिए ।
केही समय उनीहरु संगै बसेपनि केही दिन पहिले बाचा तोडेर रामदत्तले अर्कै युवतीसँग विवाहको तयारी गरेको पीडितले थाहा पाएपछि घटना सार्वजनिक भएको हो । आरोपीका परिवारले समेत उनलाई साथ दिएर महिला इन्सपेक्टरमाथि जातीय विभेदपूर्ण शब्दहरु प्रयोग गरेका थिए ।
त्यस लगत्तै उनले एक वरिष्ठ प्रहरी अधिकारीलाई घटनाबारे जानकारी गराएर मुद्दा दर्ता गराएपनि उनलाई अझै गिरफ्तार गरिएको छैन ।