Header Ads

क्याबिनेटको बैठकमै मीनेन्द्र रिजालको मोबाइलमा यस्तो एसएमएस आएपछि

काठमाडौं, चैत्र ११ । बाहिरबाट आएको एउटा मोबाइलको सन्देश छेउमै बसेका कानुनमन्त्रीलाई देखाउँदै भने, ‘यी हेर्नुस्, बाहिर सबैतिर हल्ला भइसकेको छ ।

अब हामीले निर्णय नगरी भो ?’ सोही सन्देश क्रमशः अरु मन्त्रीलाई पनि देखाइयो । प्रधानमन्त्री ‘म बिरामी छु धेरैबेर बस्न सक्दिनँ’ भन्दै उठेर हिँडे । त्यसपछि बामदेव गौतमको अध्यक्षतामा बसेको क्याबिनेट बैठकले निर्णय ग¥यो– राण्ट्र बैंकको १६ औं गभर्नरको नियुक्ति । प्रसंग अधिल्लो बिहीबारको हो ।

अर्थमन्त्री रामशरण महतले नाम ल्याउनासाथ सुरुमै बामदेव गौतमले भनेका थिए, ‘बाहिरका मान्छेलाई यसरी टिपेर ल्याइनु राष्ट्र बैंकको हित र संयुक्त सरकारको भावनाअनुरुप छैन ।’ प्रधानमन्त्री ‘यिनैलाई नियुक्त गर्नुस् है’ भन्दै उठेर हिँडे ।

अब चित्त नबुझे पनि कोसँग बाझ्नु ? अन्ततः योजनामुताविक मीनेन्द्रले तथाकथित एसएमएसको नाटक देखाए । सुरुमा असहमति जनाउने बामदेवकै अध्यक्षतामा चिरञ्जीवीको नाम सदर भयो । यस्तो दाउपेचमा कांग्रेसलाई कम्युनिस्टले कसरी भेट्नु ? - जनआस्था साप्ताहिकबाट !
Powered by Blogger.