Header Ads

रामेछापमा रुखबाट खसेर एक जना बृद्धको मृत्यु

रामेछाप । रामेछापमा पयौँको रुखबाट खस्दा एकजना बृद्धको मृत्यु भएको छ ।

दिमीपोखरी गाविस वडा नम्बर ७ का ६८ बर्षिय छत्रबहादुर केसीको आज रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको उपस्वास्थ्यचौकी दिमीपोखरीका प्रमुख प्रबल कुमार योञ्जनले जानकारी दिए ।

उपस्वास्थ्य चौकी दिमीपोखरिका स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष समेत रहेका केसी पयौँको घाँस झार्न रुखमा चढेको र एक्कासी झरेपछि घटना स्थलमै मृत्यु भएको स्थानीयहरुले बताएका छन् ।
Powered by Blogger.