Header Ads

अस्ट्रेलियन खेलाडीसँग पत्रकारले यौनका प्रश्न राख्दा

एजेन्सी । अस्ट्रेलियाले भारतलाई ९५ रनले हराउँदै सातौंपटक विश्वकपको फाइनल स्थान सुरक्षित गरेको छ । सेमिफाइनलपछि बिहीबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारले अस्ट्रेलियन टोलीका खेलाडीसँग अनौठो प्रश्न राख्दा प्रेस कन्फरेन्स हलमा उपस्थित व्यक्तित्व गलल हाँसे ।

बिबिसीका खेलकुद पत्रकार स्टेफान सेमिलले अस्ट्रेलियन कप्तान माइकल क्लार्कसँग बिलकुल फरक प्रश्न राख्दा प्रेस कन्फरेन्स हलभित्र रहेका व्यक्ति मजाले हाँसेका थिए । सेमिलले सोधेका थिए,‘अस्ट्रेलिया लगातार सातौंपटक विश्वकप फाइनल प्रवेश गर्नुको कारण मिठो सेक्स हो ?’ क्लार्क र स्मिथ यस प्रश्नमा अनुत्तरित बने ।

क्लार्क र स्मिथ एक–अर्काको अनुहार हेर्दै मुसुमुसु हाँसी मात्र रहे । क्लार्क र स्मिथ उत्तर दिन लजाएजस्ता देखिन्थे । सुरुमा दुवैले उत्तर दिन चाहेनन् । अन्य अन्तर्राष्ट्रिय एजेन्सीका पत्रकारले समेत त्यही प्रश्न गरिरहँदा अस्ट्रेलियन कप्तान क्लार्क आफ्नो मुख खोल्न बाध्य भए ।

सेमिलको प्रश्नप्रति क्लार्कले घुमाउरो पारामा जवाफ फर्काए,‘पत्रकार साथी,यो प्रश्न तपाईंले हामीभन्दा श्रीमतीलाई राख्दा राम्रो हुनेथियो ।’
Powered by Blogger.