Header Ads

काठमाडौंका डान्सबारबाट अफ्रिकामा बेचिँदै नेपाली युवती - गिरोह पक्राउ

काठमाडौं,चैत ३ । काठमाडौंका डान्सबार तथा मसाज सेन्टरमा काम गर्ने युवतीलाई अफ्रिका पुर्याएर बिक्री गर्ने गिरोह पक्राउ परेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राजधानीका डान्सबार सञ्चालकहरुसहित सात जनालाई पक्राउ गरेको छ । झन्डै एक महिना लामो अप्रेसनपछि प्रहरीले गिरोहका व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मैतीदेवीमा बस्ने एजेन्ट प्रवाीण श्रेष्ठ,ललितपुरमा मुन डान्सबार चलाउने राजन केसी तथा एयरपोर्टमा सेटिङ मिलाउने आशिष नामका व्यक्तिलगायत छन् ।

सो गिरोहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर केन्या तथा तान्जानिया डान्सबारमा सयौं नेपाली युवतीहरुलाई बिक्री गरिसकेको अनुसन्धानबाट खुलेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.