Header Ads

मलेसियामा नेपाली कामदार लुटेरा र प्रहरीका कारण असुरक्षित

काठमाडौ । मलेसियामा नेपाली श्रमिक त्यहाँका लुटेरा र प्रहरीबाटै असुरक्षित रहेको संसदको श्रम तथा अन्तराष्ट्रिय समितिले जनाएको छ । मलेसियामा भिषा भएका नेपालीलाई पनि त्यहाँका प्रहरीले विनाकारण दुःख दिने गरेको आज मलेसियामा पत्रकार सम्मेलन गरी समितिका सभापति प्रभु साहले जानकारी दिनुभयो ।

यत्यहाँको म्रहरीले नेपाली श्रमिकलाई अनावश्यक दुःख दिने गरेको पीडितहरुबाटै गुनासो आएको उहाँको भनाइ छ । यसबारेमा मलेसियाका मन्त्रीहरुलाई जानकारी गराएको बताउँदै समितिले नेपाल र मलेसिया सरकारकै ढिलासुस्तीका कारण मलेसियामा रहेका श्रमिकबारे श्रम सम्झौता हुन नसकेको जनाएको छ ।
समितिका सभापति साहले मलेसियामा श्रम सझौता हुन नसक्दा त्यहाँ कार्यरत नेपाली मजदुर शोषणमा परेको उल्लेख गर्नुभयो । नेपालीको अवस्था बुझ्न भएको सोमबार समिति सभापति साहको नेतृत्वमा ६ सभासद सहितको टोली मलेसिया गएको थियो ।

टोलीले मलेसियामा कार्यरत नेपालीसँग भेटेर उनीहरुको अवस्था अध्ययन गरेको जनाएको छ । टोलीले मलेसियाको काजाङ्गस्थित केन्द्रिय जेलमा रहेका नेपाली कैदी बन्दीको अवस्थाबारे समेत बुझेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
Powered by Blogger.