पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया विश्वकप क्रिकेटको सेमीफाइनल प्रवेश
काठमाडौ, चैत ६ । पाकिस्तानलाई घरको बाटो देखाउँदै आयोजक अस्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अस्ट्रेलियाले घरेलु मैदानमा पाकिस्तानमाथि ६ विकेटको सहज जित दर्ता गरेको हो शुक्रबार एडिलेडमा खेलिएको खेलमा पाकिस्तानले दिएको २१४ रनको विजय लक्ष्य अस्ट्रेलियाले ३३.४ ओभर ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा भेट्टाएको हो ।
अस्ट्रेलियालाई जिताउन पाकिस्तानको कम्जोर फिल्डिङले पनि गतिलो काम गर्यो । पाकिस्तानका खेलाडी अस्ट्रेलियाका तीन खेलाडीलाई क्याच गर्नबाट चुकेका थिए ।
अस्ट्रेलियालाई जिताउन स्टेभन स्मिथले सर्वाधिक ६५ रनको पारी खेले । उनले ६९ बलको सामना गर्दै ७ चौका समेत हानेका थिए । त्यसैगरी सेर्न वाट्सनले ६० र गेलेन म्याक्सवेलले ४४ रन बटुले ।