एक छाकको खानाले ‘दैलो उघारिदिनेसम्म रहेनन्’ - परिवारका ६ जनाको मृत्यु
धादिङ, फागुन २७ । पुकुनगाउँको आङमा घाम लाग्न सकेको छैन । दुई दिनदेखि कुनै घरमा चुलो बलेको छैन ।
चिम्सा,गहिरा आँखा आँसुले टम्म भरिएका छन् । घरीघरी भित्रैबाट निस्केर आँसुको ढिक्कासँगै बहन्छ पीडा ।
मुस्कान हराएको ओठ कलेटी परेका छन् । फुंग उडेका अनुहारमा शोक र चिन्ताको रेखा मात्र देखिन्छन् । असावधानीवश विषाक्त गहुँको रोटी खाएकै कारण सोमबार ६ जना आफन्त गुमाएको तामाङ परिवार शोकको आहालमा चुर्लुम्म डुवेको छ ।

पृथ्वि राजमार्गबाट १५–१६ किलोमिटर टाढाको विपन्न गाउँ पुकुन तामाङ बस्ती हो । अहिले यो बस्तीको आँगनमा अनौठौ सन्नाटा छाएको छ । बाहिरका मान्छेको ओहोरदोहोर र सोधिखोजी सुनिन्छ,गाउँलेको मुख खुल्न भने हम्मेहम्मे छ ।
‘मर्ने त मरिहाले,मेरी छोरी (सानीमाया) को काठमाडौंमा औषधि हुन्छ रे त्यसलाई चाहिँ बताइदिए हुन्थ्यो’ सोमबार ज्यान गुमाउने सन्जबहादुर तामाङकी जेठी बुहारी ठूलीकान्छीमाया तामाङले शोकको भारी र आसा एकैसाथ बिसाइन् ।
टिलपिल टिलपिल आँखा बोल्दाबोल्दै ढल्किए,अनुहार लछप्पै भिज्यो । घुन किराबाट जोगाउन विषादी मोलेर राखिएको गहुँ पिँधेर आफू र परिवारलाई रोटी खुवाएका सन्जबहादुर सहित परिवारका ६ जनाको मृत्यु भएको हो ।