Header Ads

युवतीले सई हुँ भन्दै ठगी धन्दा चलाएपछि… एलिनाज क्याफेबाट पक्राउ

काठमाडौं,फागुन २७ । आफूलाई नेपाल प्रहरीको सिआइबीमा कार्यरत सइ बताउँदै ठगी गर्ने युवती पक्राउ परेकी छन् । छत्रकुमारी बस्नेत भनिन मैयाँ बस्नेतलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।

ढुकुटीको केस मिलाइदिने भन्दै पाँच लाख रुपैयाँ बार्गेनिङ गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले  एलिनाज क्याफेबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाले गत १३ फागुनमा डल्लुबाट ढुकुटी खेल्नेलाई पक्राउ गरेकामा सो मुद्दा मिलाइदिने र त्यसबारे प्रहरीलाई सूचना दिने व्यक्ति पत्ता लगाइदिने भन्दै उनले बार्गेनिङ गरेकी थिइन् ।

विगतदेखि नै उनले दलाली गर्दै आएको र प्रहरीलाई पनि सूचना दिँदै आएको खुलेको छ । प्रहरीले डल्लुमा छापा हान्दा पनि उनले आठ लाख रुपैयाँ लुकाएको पक्राउ परेका व्यक्तिका आफन्तले बताएका छन् ।

केही प्रहरीसँग चिनजान भएकाले उनले आफूलाई सादा पोशाकमा काम गर्ने सई हुँ भनेर परिचय दिने गरेको अनुसन्धानमा खुलेको छ । मंगलबार उनी प्रहरी देख्नेवित्तिकै भागेकी थिइन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.