Header Ads

घरेलु हिंसा गर्ने श्रीमान,सासु र ससुरालाई जरिवाना

बझाङ, चैत्र १३ । घरेलु हिंसा गर्ने श्रीमान, सासू र ससुरालाई जिल्ला अदालत बझाङले जनही ५ हजार जरिवाना सहित ५० हजार रुपैँया क्षतिपूर्ति दिन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश रमेसप्रसाद ज्ञवालीको इजलासले घरेलु हिंसा गर्ने श्रीमान कृष्ण बोहरा,ससुरा दानी बोहोरा र सासू कलसा बोहरालाई जरिवाना सहित क्षतिपूर्ति भराउने फैसला आज गरेको हो ।

दौलिचौर गाविस २ घर भएका एक महिलालाई पटक पटक कुटपिट गर्ने, शारीरिक तथा मानसिक रुपमा यातना दिने, झुटो आरोप लगाउने र घर निकाला गर्ने जस्ता क्रियाकलाप गरी दुःख दिने गरेकाले जरिवाना सहित क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत बझाङका श्रेस्तेदार धनेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

यसभन्दा अगाडि पीडित महिला न्यायका लागि प्रहरी चौकीमा निवेदन दिएकी थिइन । प्रहरी चौकीले यस घटनालाई जिल्लामा पठाएपछि महिला अधिकारकर्मीहरुले न्यायका लागि थप पहल गरेका थिए ।

महिला हिंसा गर्ने प्रतिवादी श्रीमान,ससुरा र सासूलाई घरेलु हिंसा ऐन २०६६ बमोजिम जनही ५ हजार जरिवाना र एकमुष्ट ५० हजार क्षतिपूर्ति पाउने गरी फैसला गरेको जिल्ला न्यायाधीश रमेस प्रसाद ज्ञवालीले बताउनुभयो ।
Powered by Blogger.