उपचारका लागि अस्पताल लगिएका कैदी फारार पछी
काठमाडौ, फागुन २६ । डिल्लीबजार सदरखोरबाट उपचारका लागि आँखा अस्पतालमा ल्याइएका कैदी पासाङ शेर्पा अस्पतालबाटै फरार भएका छन्।
आँखामा समस्या देखिएपछि शेर्पालाई प्रहरीसहित त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा ल्याइएको थियो। शेर्पा लागु औषधको मुद्दामा सजाय खेपिरहेका छन् ।
आँखामा समस्या देखिएपछि शेर्पालाई प्रहरीसहित त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा ल्याइएको थियो। शेर्पा लागु औषधको मुद्दामा सजाय खेपिरहेका छन् ।

उनको खोजी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। उनलाई मंगलबार बिहान सबा नौ बजे उपचारका लागि जेलरले स्वीकृती दिएपछि एक हवल्दार र जवानसँगै अस्पताल पुर्याएको थियो।
महानगरीय प्रहरीका प्रवक्ता एसएसपी सुरेश विक्रम शाहले प्रारम्भिक रुपमा अस्पतालबाट फरार भएको भनिए पनि बाहिरबाटै फरार भएको हुनसक्ने अाशंकामा अनुसन्धान थालिएको बताए।
कैदीसँगै अस्पताल पुगेका हवल्दार र जवानसँग बयान लिने काम भइरहेको छ। कैदीसँग रकम लिएर कैदीलाई भगाइएको अाशंका पनि गरिएको छ।