Header Ads

हराएका तथा चोरी भएका मोबाइल यसरि फेला पर्न थालेपछी खुशी छायो

चितवन,  फागुन १८ । मोबाइल चोरी बढेसँगै प्रहरीले सक्रियता बढाएपछि यहाँबाट हराएका तथा चोरी भएका मोबाइल फेला पर्न थालेको छ । महँगो मूल्यका मोबाइल हराएर वा चोरी भएर निराश भएका व्यक्तिहरुमा यसले राहत मिलेको छ ।
चितवन जिल्लाबाट हराएका तथा चोरी भएका मोबाइल जिल्ला प्रहरी कार्यालय चितवनको सक्रियतामा अहिले धमाधम फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयले पुसमा मात्र करिब १० लाख ३९ हजार ५०० मूल्य बराबरको ३९ वटा मोबाइल फेला पार्न सफल भएको छ ।

हराएको तथा चोरी भएका मोबाइल पत्ता लगाउन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुगम कुँवर नेतृत्वको प्रहरी टोली सफल भएको हो । मोबाइलको आइएमइआई नम्बरबाट हराएका तथा चोरी भएका मोबाइल फेला पार्न सफल भएको प्रहरी निरीक्षक कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुनै मोबाइल हराएको दुई दिनमै पनि फेला परेको र कुनैलाई महिनाँै लागेको छ । प्रहरीले हालसम्म फेला पारेको मोबाइल तीनदेखि ८० हजार रुपैयाँ मूल्यसम्मको रहेको कुँवरले बताउनुभयो ।
Powered by Blogger.