Header Ads

भिडियो खिच्ने २ पत्रकारमाथी अख्तियारको मुद्ध, फरार पत्रकारलाई खोजि कार्यमा तीव्र

काठमाडौ । घूस लिँदै गरेका प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको भिडियो खिच्ने दुई पत्रकारलाई अख्तियारकै निर्देशनमा मुद्धा दायर गरिएको छ ।

सगरमाथा टेलिभिजन समाचारदाता तिलक गाउँले र माउन्टेन टेलिभिजनका क्षेत्रनाथ देवकोटा आकाश विश्रद्ध बाँके जिल्ला प्रशासनमा माघ २६ गते मुद्धा दायर गरिएको हो ।

घूस लिने प्रहरीको पक्षमा अख्तियारलाई असहयोग पुर्याएको अभियोगमा पत्रकारविरुद्ध मुद्दा दर्ता गर्ने प्रहरी प्रमुख एसपी शेखर कोइराला स्वयम दोषी देखिई अघिल्लो साता निलम्बनमा परेका छन् ।

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद लेखकले अख्तियारकै निर्देशनमा मुद्धा दायर गरिएको बताए । उनले दुवै पत्रकार भागिरहेको र प्रहरीले खोजि कार्यमा तीव्र पारेको जानकारी दिए ।
Powered by Blogger.