Header Ads

स्पेनको बासिंलोनामा नेपाली ब्राण्डको फेशन शोको आयोजना

काठमाडौँ । यूरो नेपाली ब्राण्ड फिरिरिले स्पेनको बासिंलोनामा फेशन शोको आयोजना गरेको छ । आइतबार आयोजना गरिएको सो शो बार्सिलोनाका महत्वपूर्ण शो रहेको जनाइएको छ । स्पनिस फेशन डिजाइन मार रोड्रिजले तयार पार्नुभएको डिजाइनमा मोडलहरुले नेपाली उत्पादनको प्रदर्शन गरेका हुन् ।
उक्त शोमा रातो, हरियो, कालो र क्यामेल रङ्का विभिन्न पोशाकहरु प्रदर्शन गरिएको थियो । नेपाल नारी स्वरुपमा नाम दिइएको फेशन शोमा नेपालको कला एवम् संस्कृतिलाई विदेशी माझ प्रदर्शन गरिएको आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा प्रस्तुत गरिएको फेशन नेपालकै डिजाइन विश्व गौतमले गर्नुभएको थियो ।

 काठमाडौँ र बार्सिलोनाको संयुक्त प्रस्तुती समेत सो अवसरमा देखाइएको थियो । बार्सिलोना र काठमाडौँका विभिन्न शो रुममा फिरिरिका उत्पादनहरु खरिद गर्न सकिनेछ । फिरिरिका डिजान्यहरु सादा, सुरुचीपूर्ण र आरामदायी रहेको छ । फिरिरिका ब्राण्ड निर्देशक लाउरा रोवर्टकाअनुसार फशेन दुनियाँमा फिरिरिका उत्पादन महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपालकै बासँ, ढाका भेडाको उःन, कटन प्रयोग गरी तयार पारिएको पोशाकको ढाँचा, विकास र उत्पादन संसारभरी नै गर्न लागिएको बताइएको छ । कम्पनीका प्रतिनिधि राजु थापाकाअनुसार नवीन ढाँचाका गुणस्तरयुक्त उत्पादन प्रस्तुत गरिएका कारण विश्व बजारमा नेपाली उत्पादनले बजार विस्तार गर्नेछ ।

नेपाली उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्ने र बजार विस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको शो फेशन शो महत्वपूर्ण रहेको श्री थापाको भनाइ छ ।
Powered by Blogger.